२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

एनआरएनलाई संवैधानिक अधिकार दिन यूएनडीओको आग्रह

अ+ अ-

काठमाडौँ । युनाइटेड नेपाली डायस्पोरा अर्गनाइजेसन (यूएनडीओ) ले गैरआवासीय नेपाली (एनआरएन) लाई संवैधानिक अधिकार दिन आग्रह गरेको छ ।

विश्वभरि फैलिएका एनआरएनको योगदान र महत्व कदर गर्दै २०७२ सालमा नेपालको संविधानले आर्थिक, समाजिक र सांस्कृतिक अधिकार व्यवस्था गरेको भन्दै यूएनडीओले संविधानको मर्म र भावनाअनुसार एनआरएनका माग र अधिकार सम्बोधनमा २६ पुस २०८१ को मन्त्रिपरिषद् बैठकको निर्णयबाट नेपाल सरकार अग्रसर भएकोमा आभार व्यक्त गरेको छ ।

यूएनडीओका अनुसार एनआरएनको नेपाली नागरिकता झन्डै एक वर्षदेखि कार्यान्वयनमा आए पनि अधिकारविहीन अवस्थामा थियो । हालैको मन्त्रिपरिषद् बैठक निर्णयले १० वर्ष नेपाल बस्दा निःशुल्क भिसा, नेपालमा कम्पनी खोल्न सक्ने र विदेशी नागरिकका रूपमा अनुमति लिन नपर्ने व्यवस्था गरे पनि एनआरएन परिचयपत्र र नागरिकतामा खासै फरक अधिकारको व्यवस्था गर्न नसकेकोमा गम्भीर ध्यानाकर्षण भएको छ ।

‘आफ्नो देशमा निर्वाध आउन र बस्न पाउनुपर्ने समान्य अधिकारसमेत १० वर्षे भिसा प्रावधानले संकुचित बनाएको र मन्त्रिपरिषद् निर्णयले भिसा र लगानीबाहेक एनआरएनसम्बन्धी अन्य अधिकार जस्तै शिक्षा, सम्पत्ति, पेसा लगायत विषयमा मौन रहेकोप्रति नेपाल सरकारको ध्यानाकर्षण गर्दछ,’ यूएनडीओले जारी गरेको विज्ञप्तिमा छ ।

प्रतिक्रिया दिनुहोस