२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

भीम रावलकै कारण सुदूरपश्चिममा एमालेलाई खासै असर पर्दैन : लेखराज भट्ट

अ+ अ-

काठमाडौँ। नेकपा एमालेका सचिव लेखराज भट्टले भीम रावलका कारणले सुदूरपश्चिममा एमालेलाई खासै असर नपर्ने बताएका छन् । एमाले सुदूरपश्चिम इन्चार्ज समेत रहेका भट्टले यस्तो टिप्पणी गरेका हुन् ।

रावल एमालेबाट निष्कासनमा परेका छन् । एमालेको सचिवालय बैठकले गत १० पुसमा रावललाई पार्टीबाट निष्कासन गरेको थियो । सचिवालयको उक्त निर्णयलाई केन्द्रीय समितिले समेत स्वीकार गरिसकेको छ ।

एमालेबाट निष्कासनमा परेका रावल नयाँ पार्टी निर्माणको प्रक्रियामा छन् । यसका लागि उनी देश दौडाहमा छन् । रावलले नयाँ पार्टी बनाउन लागिरहेका बेला एमालेका सचिव भट्टले पार्टीमा खासै असर नपर्ने बताएका हुन् ।

‘भीम रावलजीका कारणले पार्टीलाई खासै असर पर्ने कुरा छैन,’ एमाले सचिव भट्टले भने ।

रावलकै कतिपय अभिव्यक्ति र उनको व्यवहारका कारणले समेत पार्टीलाई क्षति नपुग्ने भट्टको भनाइ छ ।

भट्ट भन्छन्, ‘उहाँले जे बोल्नुभएको छ । त्यसले पनि एमालेलाई असर नगर्ने देखाउँछ । उहाँको व्यवहार पनि त्यस्तै छ जसले सुदूरपश्चिममा पनि खासै असर गर्दैन ।’

प्रतिक्रिया दिनुहोस