Logo १ फाल्गुन २०८१, बिहिबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे   crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

‘प्रचण्ड’को ठोकुवा : यो सरकारसँग जनता खुसी छैनन्, काँग्रेसभित्रै पनि चरम असन्तुष्टि देखिन्छ


१ माघ २०८१, मंगलबार


काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकार अपारदर्शी भएको बताएका छन् । मंगलबार सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिकाको  सुकुटेमा सञ्चारकर्मीहरूसँगको अन्तरक्रियामा अध्यक्ष दाहालले वर्तमान सरकार ढल्ने निश्चित रहेको समेत ठोकुवा गरेका हुन् । 

‘रातको १२ बजे सुटुक्क बसेर जनताबाट लुकाएर तत्कालीन गठबन्धनबाट सरकार बनाइएको छ ,यस अप्राकृतिक , असंवैधानिक सरकारप्रति जनता पनि खुसी छैनन्, ‘दाहालले भने ।

काँग्रेसभित्रै सरकारलाई लिएर तीव्र असन्तुष्टि रहेकोसमेत उनको भनाइ छ । ‘यस सरकारप्रति जनता खुसी छैनन्, सरकारलाई लिएर काँग्रेसभित्र पनि गहिरो र चरम असन्तुष्टि देखिन्छ,‘उनले भने । संवैधानिक व्यवस्था,विद्युत् प्राधिकरणमा हस्तक्षेप गर्दै सरकारले सदन छलेर अध्यादेशबाट शासन गरिरहेको उनले उल्लेख गरे । उनले सरकारलाई सदन खुलाउन माग गरेको र सदनका लागि कुरिरहेको बताए ।

सिन्धुपाल्चोकको प्रत्येक विपद्‍मा आफू साथमा रहेको र तातोपानी नाकालाई अझै सहज बनाउन चीनका राष्ट्रपति सी चिनफिङसँग तीन पटक सिधै कुरा गरेको उनले बताए । अरनिको र कोदारी राजमार्गको जीर्ण अवस्था देखेर सुकुटे पुगेलगत्तै भौतिक तथा योजना मन्त्रालयमा कुरा गरेको र मन्त्रालयले चाँडै सडक स्तरोन्नति गर्ने प्रतिबद्धता गरेको उनले जानकारी दिए ।

सोमबार सुकुटे पुगेका दाहालले मंगलबार माघ १ गतेदेखि ५ गतेसम्म सञ्चालन हुने ८औँ पुरुष र ७ औँ महिला राष्ट्रिय बिच भलिबल प्रतियोगिताको उद्घाटन गरेका छन्।

Tags :
प्रतिक्रिया दिनुहोस