Logo १ फाल्गुन २०८१, बिहिबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे   crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

राष्ट्रपतिलाई धर्मसंकटमा पारेर ओलीलाई प्रधानमन्त्री बनाइएको ‘प्रचण्ड’को दाबी


१ माघ २०८१, मंगलबार


काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले काँग्रेस र एमालेबीच भएको सहमतिपछि एमाले अध्यक्ष ओलीलाई प्रधानमन्त्री बन्न नदिने रणनीतिका साथ आफूले प्रतिनिधि सभामा विश्वासको मत लिएको बताएका छन् ।

सिन्धुपाल्चोकको सुकुटेमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले अहिलेको सरकार असंवैधानिक ढंगले बनेको दाबी गरे ।

उनले भने, ‘मैले विश्वासको मत नपाएपछि संविधानको धारा ७६ को ३ अनुसार बन्नुपर्ने थियो । तर, उहाँहरूले संविधान मिच्नुभयो । राष्ट्रपतिजी चाहिँ ३ अनुसारको सरकार बनाउन तयार पनि हुनुहुन्थ्यो । काँग्रेसको प्रधानमन्त्री हुनुपर्थ्यो । तर, राष्ट्रपतिमाथि यस्तो दबाब दिइयो कि उहाँलाई धर्मसंकटमा पारियो भन्ने मेरो बुझाइ छ । उहाँले थाहा पाएर पनि संविधानअनुसार ३ कै सरकार बन्नुपर्ने हो । त्यसो गर्दा देउवाको नेतृत्वमा सरकार बन्थ्यो ।’

उनले सरकारको गन्तव्य राम्रो उद्देश्यले नबनेको भन्ने जनताले बुझिसकेको बताए । उनले आफ्नो पार्टी अहिले सरकार गिराउने खेलमा नरहेको बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस