काठमाडौँ । हृदयघातका कारण दैलेखमा कृषि विकास अधिकृतको ज्यान गएको छ ।
कार्यालयको काम गरिरहेकै बेला हृदयघात भई कृषि विकास कार्यालय दैलेखका कृषि विकास अधिकृत राजु भूजको ज्यान गएको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी नायब उपरीक्षक (डीएसपी) सुनिल दाहालले जानकारी दिए ।
आइतबार कार्यकक्षमा काम गरिरहेकै बेला असहज महसुस भयो भनी भवनमै रहेको निवासमा गएका उनी मृत अवस्थामा भेटिएको कार्यालयका सूचना अधिकारी झलक भण्डारीले जानकारी दिए । भूजलाई तत्कालै दैलेख जिल्ला अस्पतालमा पुर्याइएकोमा चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ ।