काठमाडौँ । साझा यातायातले प्रमुख कार्यकारी अधिकृत पदको नियुक्तिका लागि दरखास्त आह्वान गरेको छ ।
साझा यातायातमा रिक्त प्रमुख कार्यकारी अधिकृत पदमा खुला प्रतिस्पर्धात्मक प्रतियोगिताद्वारा पदपूर्ति गरिने भएको हो ।
आवश्यक योग्यता भएका इच्छुक नेपाली नागरिकहरूले सूचना प्रकाशित मितिले २१ (एक्काइस) दिनभित्र पुल्चोकस्थित साझा यातायातको प्रधान कार्यालयमा रीतपूर्वक दरखास्त आह्वान गरिएको छ ।