Logo ३ फाल्गुन २०८१, शनिबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे   crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

पहिलो अभ्यास खेलमा नेपाल ९ रनले पराजित


२९ पुस २०८१, सोमबार


काठमाडौँ । आइसिसी यू-१९ महिला विश्वकपअघिको अभ्यास खेलमा नेपालीलाई वेस्ट इन्डिजले ९ रनले पराजित गरेको छ। वेस्ट इन्डिजले दिएको ११० रनको लक्ष्य पछ्याउने क्रममा नेपाल १०० रनमा अलआउट भयो ।

दोस्रो इनिङमा खराब सुरुवात गर्दै नेपालले पहिलो बलमै विकेट गुमाएको थियो । ओपनर साना प्रवीण नकआउट भइन् । त्यसपछि सावित्री धामी र कप्तान पूजा महतोबीच २५ रनको साझेदारी भएको थियो । सावित्री ५ रन बनाएर आउट भइन् । त्यसपछि कप्तान पूजा पनि १८ रनमा आउट हुँदा नेपाललाई ठूलो झट्का लाग्यो । उनले २० बलको सामना गर्दै ३ चौका प्रहार गरेकी थिइन् ।

१२.३ ओभरमा नेपालले ५४ रन बनाउँदा ६ विकेट गुमाइसकेको थियो । त्यसपछि सिमाना केसी र किरण कुमारी कुँवरले राम्रो साझेदारी गर्दै नेपाललाई खेलमा फर्काएका थिए । उनीहरूले नेपाललाई १६.१ ओभरमा ८४ रनसम्म पुर्‍याए । ४ विकेट बाँकी छँदा नेपाललाई २३ बलमा २६ रन आवश्यक थियो ।

किरण कुमारी दुर्भाग्यपूर्णरुपमा रनआउट भइन् । १४ बलमा १८ रन बनाएकी किरण आउट भएसँगै फेरि खेलमा वेस्ट इन्डिज हाबी भयो । सिमाना केसी नेपालका लागि सर्वाधिक २३ रन बनाउँदै आउट भइन् । उनले १८ बलमा तीन चौका प्रहार गरेकी थिइन् । नेपाल १९.१ ओभरमा अलआउट भएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस