१९ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सरोकारवालाले भने-‘जलवायु परिवर्तनका मुद्दा साझा हुन्, मिलेर समाधान गरौँ’

अ+ अ-

काठमाडौँ । जलवायु परिवर्तन र व्यापार दिगोपनका मुद्दा कुनै मुलुक विशेषभन्दा पनि विश्वव्यापी साझा मुद्दा रहेको सरोकारवालाले बताएका छन् ।

यस्तो समस्या सबै मुलुक मिलेर समाधान गर्नुपर्ने उनीहरूको भनाई छ ।

विश्व व्यापार संगठन (डब्लूटिओ) र काठमाडौँ विश्वविद्यालयले आयोजना गरेको ‘दक्षिण एसियामा जलवायु परिवर्तन र व्यापारमा दीगोपना विषयक’ सम्मेलनमा अर्थमन्त्री विष्णु प्रसादपौडेलले नेपाल जलवायु परिवर्तनको उच्च जोखिममा रहेकाले यसको असर आर्थिक, सामाजिक एवम् पूर्वाधार विकासका क्षेत्रमा समेत स्पष्ट देखिएको बताएका छन् ।

कम जोखिमयुक्त व्यापार पूर्वाधार विकास गर्न र उत्पादन केन्द्रहरूको समेत विकेन्द्रीकरण गरी आपूर्ति श्रृंखलामा समेत विविधीकरण गर्न आवश्यक रहेको उनको भनाइ छ ।

दक्षिण एसियाली मुलुकमा जलवायु परिवर्तनले सिर्जना गरेको चुनौती र आगामी दिनमा लिनुपर्ने रणनीतिका विषयमा नीति निर्माता, अनुसन्धानकर्ता र निजी क्षेत्रका प्रतिनिधिबीच छलफल गर्न सम्मेलनले सहयोग पुग्ने उनको भनाइ छ ।

जलवायु परिवर्तनबाट नेपाललाई परेको असर र प्रभावको तुलनामा जलवायु परिवर्तनमा नेपालको भूमिका नगण्य रहेकाले नेपालले आफ्नो स्रोत र साधनले संभव भएसम्म जलवायु उत्सर्जन न्यूनीकरण र अनुकूलनका लागि गरेको प्रयास प्राथमिकताका साथ राख्न आवश्यक रहेको उनले बताए ।

ठूलो लगानीमा निर्माण गरेका पूर्वाधार संरचनामा वर्षेनी आउने प्राकृतिक विपत्ति बाढी, पहिरो, भूकम्पका कारण हुने नोक्सानीबाट आपूर्ति श्रृंखलामा पर्ने अवरोधलाई समेत ध्यानमा राखी जलवायुमैत्री विकास प्रक्रियामा क्रियाशील हुनुपर्ने सुझाव उनले दिए ।

सम्मेलनमा काठमाडौँ विश्व विद्यालयका रजिष्टार डा. अच्युत वाग्लेले निजी क्षेत्र मैत्री दिगो आर्थिक विकासको आवश्यक रहेकाले यसले भविष्यको दिगो विकासको लागि टेवा पुग्ने बताए ।

व्यापारमा दिगोपनको सन्दर्भ उठाउँदा राजस्व र करको कुरा मात्र नभई लगानी बढी गर्ने प्रणालीको विकास गर्न आवश्यक रहेको उनले बताए । अहिले जलवायु परिवर्तन र विश्वव्यापी प्रवृत्ति रहेकाले दक्षिण एसियाको व्यापारलाई न्यायोचित र सन्तुलित तरिकाले प्रवर्द्धन गर्नुपर्ने समेत उनको भनाइ छ ।

सम्मेलनमा रिसर्च सेन्टर फर इन्टरनेशनल ट्रेड ल एण्ड आरबिटेसन इष्टबुल विलगि युनिभर्सिटीका निर्देशक डा. एन पिनर आर्टिरले जलवायु परिवर्तन र वातावरणीय दिगोपनालाई ध्यानमा राखेर नेपालले व्यापार अघि बढाउनुपर्ने बताए । कृषि, पर्यटन, व्यापार पूर्वाधार जस्ता विषयमा अध्ययन अनुसन्धान गर्ने वातावरण निर्माण गर्नुपर्ने उनको भनाइ छ ।

सो अवसरमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव देवराज जोशीले व्यापार र जलवायु परिवर्तनका क्षेत्रमा रहेका समस्या र चुनौतीलाई सम्बोधन गरी दिगो व्यापारमा नेपाल अगाडि बढ्नुपर्ने धारणा राखे ।

दुई दिनसम्म चल्ने सम्मेलनमा भारत, चीन, टर्की, बांङ्लादेश, इन्डोनेसियासहित नौ देशका प्रतिनिधि सहभागी छन् । सम्मेलन आज समापन हुने छ ।

प्रतिक्रिया दिनुहोस