१९ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पर्यटन मन्त्री र बिम्स्टेक महासचिव भेटवार्ता

अ+ अ-

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डे र बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिम्स्टेक) का महासचिव इन्द्रमणि पाण्डेबीच भेटवार्ता भएको छ ।

महासचिव पाण्डे नेतृत्वको प्रतिनिधिमण्डलले बुधबार मन्त्री पाण्डेसँग पर्यटन मन्त्रालयमा भेट गरेको हो । भेटमा बिम्स्टेक देशबीचको भिसा सहजीकरण, धार्मिक, सांस्कृतिक र पर्यटकीय सर्किटमा पर्यटन पूर्वाधार विकासलगायत विषयमा छलफल भएको थियो ।

भेटमा मन्त्री पाण्डेले बिम्स्टेक टुरिज्म फन्ड वृद्धि गरी त्यसको प्रभावकारी कार्यान्वयनका लागि सहयोग गर्न आग्रह गरे । उनले नेपालको हवाइ उड्डयन क्षेत्र चलायमान बनाउने, पर्यटन क्षेत्रलाई अन्तर्राष्ट्रिय जगतमा पुर्‍याउन बिम्स्टेक सदस्य राष्ट्रका पर्यटन बोर्डबीच आबद्धता तथा आपसी आदान-प्रदानलगायत विषयमा जोड दिए ।

मन्त्री पाण्डेले दक्षिण एसियाली सहयोग संगठन (सार्क) सचिवालय सक्रिय नभएकै कारण सार्क निष्क्रिय रहेको उल्लेख गर्दै बिम्स्टेक सचिवालयलाई सक्रिय र प्रभावकारी बनाउन आग्रह गरे ।

मन्त्री पाण्डेले बिम्स्टेक सचिवालय नेतृत्वको सफल र प्रगतिशीलताको कामना गरे । उनले राजनीतिक तह र मन्त्रालयगत तहबाट हुने द्विपक्षीय भेटवार्ताले सम्बन्ध बलियो हुने विश्वाससमेत व्यक्त गरे ।

महासचिव पाण्डेले बिम्स्टेकको महत्त्वपूर्ण एजेन्डा ‘कनेक्टिभिटी’ भएको बताउँदै नेपालको पर्यटन क्षेत्रको विकासका लागि सहयोग रहने प्रतिबद्धता जनाए । उनले बिम्स्टेकको आगामी शिखर सम्मेलनमा नेपालको पर्यटनलगायत सम्भावित क्षेत्रबारे संस्थागत रूपमा कुरा उठाउनेसमेत विश्वास दिलाएका थिए ।

प्रतिक्रिया दिनुहोस