२३ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नाफिज सदस्यहरूको साढे १६ करोडको दुर्घटना बीमा

अ+ अ-

काठमाडौँ । नेपाल आर्थिक पत्रकार संघ (नाफिज) का सदस्यहरूको साढे १६ करोड रुपैयाँ बराबरको ‘सामूहिक दुर्घटना बीमा’ भएको छ । नाफिजले आफ्ना २ सय ३५ जना सदस्यहरू तथा सल्लाहाकारहरुको जनही ७ लाख रुपैयाँका दरले सामूहिक दुर्घटना बीमा गराएको हो ।

बुधबार दुई वटा निर्जीवन बीमा कम्पनी र नाफिज बीच सामूहिक दुर्घटना बीमा सम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ । नाफिजले सगरमाथा लुम्बिनी इन्स्योरेन्स (सलिको) र सिद्धार्थ प्रिमियर इन्स्यारेन्समा २३५ जनाको सामूहिक दुर्घटना बीमा गराएको हो ।

कुल बिमांक रकम १६ करोड ४५ लाख रुपैयाँ रहेको छ । सम्झौतामा सलिकोका प्रमुख कार्यकारी अधिकृत (सिइओ) चंकी क्षेत्री, सिद्धार्थ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत (सिइओ) वीरेन्द्र बहादुर वैदावर र नाफिजका अध्यक्ष मेनुका कार्कीले हस्ताक्षर गरेका छन् ।

सम्झौता अनुसार नाफिजका हरेक सदस्यको प्रतिव्यक्ति ७ लाखका दरले दुर्घटना बीमा भएको छ । नाफिजका अध्यक्ष मेनुका कार्कीले हरेक दिन ‘फिल्ड’मा खटिनुपर्ने पत्रकारहरू विभिन्न खालका दुर्घटनाको जोखिममा हुने भएकाले त्यस्तो जोखिम बहन गर्न आफ्ना सदस्यहरूको बीमा गराइएको बताइन् ।

प्रतिक्रिया दिनुहोस