काठमाडौँ । प्रहरी नायव उपरीक्षक (डीएसपी) प्रभा पौडेललाई प्रहरी उपरीक्षक (एसपी) पदमा बढुवा सिफारिस गरिएको छ ।
आज बसेको बढुवा सिफारिस समितिको बैठकले डीएसपी पौडेललाई प्राविधिक प्रहरी समूह, स्वास्थ्य उप समूह, नर्सिङतर्फ एसपी पदमा बढुवा सिफारिस गर्ने निर्णय गरेको हो ।
