२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

शीतल निवासमा मेलम्चीको पानी आपूर्ति नियमित नभएको विषयमा राष्ट्रपति पौडेलको चासो

अ+ अ-

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले शीतल निवासमा मेलम्चीको पानी नियमित आपूर्ति नभएको विषयमा चासो व्यक्त गरेका छन् । सोमबार राष्ट्रपति कार्यालयमा आयोजित भेटवार्ताका क्रममा उनले देशभरका खानेपानी आयोजना, विशेष गरी तनहुँका आयोजनाहरूको अवस्थाबारे समेत जानकारी लिएका हुन् । 

राष्ट्रपति पौडेलले मेलम्ची परियोजना देशकै ठूला आयोजनामध्ये एक भए पनि यसको नियमित आपूर्तिमा देखिएको समस्याप्रति चिन्ता व्यक्त गरे । उनले मेलम्चीको पानी नियमित आपूर्ति नहुनु शीतल निवास मात्र नभई राजधानीका धेरै क्षेत्रका बासिन्दाका लागि समेत खानेपानी अभावको कारण बनेको बताए । 

राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित उक्त भेटवार्तामा खानेपानी तथा ढल व्यवस्थापन विभागका महानिर्देशक ई. रामकुमार श्रेष्ठ र उपमहानिर्देशक रामचन्द्र काफ्ले सहभागी रहेका थिए । भेटका क्रममा राष्ट्रपति पौडेलले संविधानले मौलिक हकका रूपमा परिभाषित गरेको खानेपानी तथा सरसफाइ सेवा नागरिकको आधारभूत आवश्यकता भएकाले यसको प्रभावकारी कार्यान्वयनको अवस्था बारे चासो राखेका थिए । 

भेटमा महानिर्देशक श्रेष्ठले विभागले देशभर सञ्चालन गरिरहेको खानेपानी तथा सरसफाइ योजनाहरूको अवस्थाबारे विस्तृत जानकारी गराए । उनले संघीयता कार्यान्वयनपछिको अवस्थाले २० वटा अस्थायी आयोजना कार्यालयमार्फत सेवा दिनुपर्ने बाध्यता सिर्जना गरेको र ती कार्यालय अस्थायी प्रकृतिका भएकाले सेवा प्रभावकारी रूपमा प्रदान गर्न चुनौती थपिएको बताए । 

राष्ट्रपति पौडेलले खानेपानी सेवा मौलिक हक र अत्यावश्यक सेवा भएकाले यी आयोजनाहरू जतिसक्दो छिटो सम्पन्न गर्न निर्देशन दिए । उनले चालु आर्थिक वर्षभित्र सम्पन्न हुने भनिएका आयोजनाहरूलाई प्राथमिकता दिन आग्रह गर्दै तिनको प्रभावकारी कार्यान्वयनका लागि सरोकारवाला निकायहरूलाई अझ सक्रिय भूमिका निर्वाह गर्न सुझाव दिए । 

राष्ट्रपति पौडेलले खानेपानी सेवा नागरिकको आधारभूत आवश्यकता भएकाले यसलाई सरल, सहज र प्रभावकारी बनाउन विशेष ध्यान दिनुपर्नेमा जोड दिए । मेलम्ची परियोजनासँगै देशभर सञ्चालन भइरहेका साना तथा ठूला आयोजनाहरूले नागरिकको जीवनमा प्रत्यक्ष प्रभाव पार्ने भएकाले यी आयोजनाहरूलाई सफलतापूर्वक सम्पन्न गर्न सरकारले गम्भीर प्रयास गर्नुपर्ने उनको धारणा थियो।

पछिल्लो समय खानेपानी मन्त्री प्रदीप यादवले पिउने पानी वितरणबारे निकै धेरै अभिव्यक्ति दिँदै आए पनि भनाइ र गराइमा भने तालमेल मिलेको देखिँदैन। प्रणाली सुधार्ने भन्दा पनि अनुगमनका नाममा घुम्ने र फोटो खिचाएर सस्तो लोकप्रियतामा लागेको मन्त्रालयकै उच्च अधिकारी बताउँछन्।

प्रतिक्रिया दिनुहोस