काठमाडौँ । काठमाडौँ र ललितपुरमा दुई वटा शव फेला परेका छन् । दोलखा घर भएका ६६ वर्षीय तिलकबहादुर श्रेष्ठ बुढानीलकण्ठ नगरपालिका-५ टुसालमा मृत अवस्थामा भेटिएको हो । उनी टुसालस्थित आफ्नै निर्माणाधीन घरमा मृत भेटिएको प्रहरीले जनाएको छ ।
त्यसैगरी बर्दियाका १८ वर्षीया सिम्रन थारू मृत अवस्थामा भेटिएका छन् । ललितपुर महानगरपालिका-४ धोवीघाटमा बस्दै आएकी सिम्रन आफ्नै कोठामा मृत अवस्थामा भेटिएकी हुन् ।
मृत अवस्थामा भेटिएका दुवै जनालाई अनुसन्धान अघि बढाएको प्रहरीले जनाएको छ ।







