काठमाडौँ । श्रम ऐन २०७४ संशोधन हुने भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले ऐन संशोधन गर्न कार्यदल गठन गरेको छ ।
मन्त्रालयको श्रम सम्बन्ध तथा सामाजिक सुरक्षा महाशाखा प्रमुखको संयोजकत्वमा कार्यदल गठन गरिएको हो । कार्यदलमा रोजगारदाता र श्रमिक संगठनका प्रतिनिधि सामेल छन् ।
श्रम ऐनमा आवश्यक संशोधनमा राय सुझाव उपलब्ध गराउन समेत मन्त्रालयले आग्रह गरेको छ ।
