काठमाडौँ। सूर्यदर्शन सहकारी ठगी प्रकरणमा पक्राउ परेकाहरूको पहिलो दिनको थुनछेक बहस सकिएको छ । मंगलबार दिउँसोबाट जिल्ला अदालत कास्कीका न्यायाधीश नीतिज राईको इजलासमा थुनछेक बहस सुरु भएको हो ।
पहिलो दिन सरकारी वकिल कार्यालय कास्कीका सहायक न्यायाधीश सुजता पौडेल र शान्तीदेवी शर्माले बहस गरे । सुजताको बहस सकिएको र शान्तिदेवीको बयान बाँकी रहेको बताइएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेसहित पूर्वडिआईजी छविलाल जोशी, लीला पछाइ, आरती गुरुङ, पूर्वसांसद मिना गुरुङ, रामबहादुर खनाल र कृष्णबहादुर गुरुङमाथि बहस भएको हो ।