Logo २ माघ २०८१, बुधबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे   crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

मन्त्री पाण्डेले भने-नेपाली गीत-संगीत गुणस्तरीय बन्दै गइरहेका छन्


१५ पुस २०८१, सोमबार


काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेले नेपाली गीत, संगीतहरु गुणस्तरीय बन्दै गइरहेको बताएका छन्।

सोमबार सुदूरपश्चिम कलाकार समाजले पुस १५ को अवसरमा काठमाडौँमा आयोजना गरेको कार्यक्रममा बोल्दै मन्त्री पाण्डेले यस्तो बताएका हुन्। उनले नेपाली गीतहरू गुणस्तरीय बन्दै गएका कारण विदेशी गीतहरू विस्थापित हुँदै गइरहेका उल्लेख गरे।

उनले सबै समुदायको भाषाको विकास गर्दै लैजानुपर्नेमा जोड दिए। उनले सुदूरपश्चिमको भाषा राष्ट्रियकरण हुँदै गएकोसमेत बताए।

भाषा, साहित्य, संस्कृति र भेषभूषाको विकासमा कलाकारहरूको महत्त्वपूर्ण भूमिका हुने उनको भनाइ छ।

उनले भने, ‘सुदूरपश्चिमको भाषालाई सिंगो नेपालले सुन्न थालेको छ। यो भाषा मिठो लाग्न थालेको छ। त्यो दूरदराजबाट आज हामीले भाषा, साहित्य, संस्कृति भेषभूषालाई विकास गरी यहाँसम्म ल्याइपुर्‍याएका छौँ। यसको अझै विकास गर्नुपर्ने छ।

भाषाको विकासमा कलाकार साथीहरूको महत्त्वपूर्ण सहयोग हुन्छ। कुनै बेला हामीले हिन्दी गीतहरू सुन्नुपर्थ्यो। आज गुणस्तरीय बनाउन सकेकै कारणले नेपाली गीतहरू सुन्न थालेका छन्। त्यसैले गुणस्तरको सबै ठाउँमा महत्त्व छ।’

Tags :
प्रतिक्रिया दिनुहोस