२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

केन्द्रीय कमिटी बैठकको दस्तावेज लेखनमा ‘प्रचण्ड’

अ+ अ-

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आगामी केन्द्रीय कमिटीको बैठकमा पेश गर्ने प्रतिवेदन लेखनमा जुटेका छन् । पुस २१ र २२ गते बस्ने केन्द्रीय समिति बैठकमा पेश गर्ने दस्तावेज लेखनमा उनी केन्द्रित भएका हुन् ।

अध्यक्ष ‘प्रचण्ड’ बैठकमा पेश गर्ने प्रतिवेदन लेखनमा जुटिसकेको केन्द्रीय कार्यालय सचिव डोरप्रसाद उपाध्यायले बताए । उनका अनुसार बैठकमा ‘प्रचण्ड’ले पार्टीको पछिल्ला समसामयिक राजनीतिक घटनाक्रम, आगामी कार्ययोजना, प्रतिपक्षमा रहेको पार्टीको भूमिकालगायतको विषय समेटिनेछन् ।

आफू नेतृत्वको सरकार ढलेर प्रतिपक्षमा पुगेको पाँच महिनापछि ‘प्रचण्ड’ले सिंगो केन्द्रीय कमिटीको बैठक राख्न लागेका हुन् । केन्द्रीय कमिटीको बैठकअघि ‘प्रचण्ड’ले सबै प्रदेशस्तरीय परामर्श बैठक गरिसकेका छन् ।

माओवादीमा उपमहासचिव जनार्दन शर्माले ‘प्रचण्ड’ले नेतृत्व छाड्नुपर्नेदेखि प्रदेशस्तरीय परामर्श समितिको बैठकमा आएको सुझावलाई दस्तावेजमा समेट्ने तयारी गरेका छन् । शर्माको प्रस्ताव केन्द्रीय कमिटीको बैठकमा पनि छलफलमा लैजाने ‘प्रचण्ड’ले आश्वासन दिएपछि पार्टीभित्र देखिएको तरंग हल भएको थियो ।

यस्तै, माओवादीले यही केन्द्रीय कमिटीको बैठकबाट पार्टी एकताको विषयमा पनि निर्णय गर्ने तयारी गरेको छ । माओवादीले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा, महेन्द्रराय यादव नेतृत्वको नेसपासँग एकताको तयारी गरेको छ । यस्तै, विचार मिल्ने शक्तिहरूसँगको पनि एकता र सहकार्यको प्रयास गर्ने नीति लिएको छ ।

यही केन्द्रीय कमिटीको बैठकले पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनलाई उपाध्यक्षमा मनोनीत गर्दै आगामी महाधिवेशनको बारेमा पनि बैठकले निर्णय गर्ने तयारी गरेको छ । आगामी महाधिवेशनबाट केन्द्रीय कमिटी, पदाधिकारीसहित अन्य कमिटी पनि विधान अनुसार सानो बनाउनुपर्नेमा नेताहरूको जोड छ ।

अहिले माओवादीको केन्द्रीय कमिटी नै जम्बो आकारको छ । आसन्न बैठकमा ८२५ जना सहभागी हुने सचिव उपाध्यायले बताए । केन्द्रीय कमिटीका संख्या ठूलो भएकाले धुम्बारहीस्थित एक पार्टी प्यालेसमा बैठक बस्न लागेको समेत बताए ।

बैठकमा पेश हुने एजेण्डाबारे थप छलफल गर्नको लागि १८ गते स्थायी कमिटीको बैठक बस्न लागेको उनले सुनाए ।

लामो सत्ता यात्रामा रहेको माओवादी अहिले प्रमुख प्रतिपक्षको जिम्मेवारीमा छ ।

प्रतिक्रिया दिनुहोस