२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

महिला कानून व्यवसायीहरूको राष्ट्रिय सम्मेलन विराटनगरमा

अ+ अ-

मोरङ । नेपाल बार एसोसिएसन कानून व्यवसायी महिलाहरूको ३१औँ राष्ट्रिय सम्मेलनमा विराटनगरमा आजदेखि सुरु भएको छ ।

बारको महिला समितिद्वारा आयोजित दुई दिने सम्मेलनमा देशभर एक हजारभन्दा बढी कानून व्यवसायी महिलाहरूको सहभागिता रहेको छ । कार्यक्रममा २५ जना कानून व्यवसायीले कार्यपत्र प्रस्तुत गर्ने कार्यक्रम रहेको आयोजक संस्थाकी अध्यक्ष आशा राईले जानकारी दिइन् ।

सम्मेलनमा सुनिता रेग्मी पोखरेल र सरस्वती डंगोलले महिला सहभागिताको अनिवार्यता, दीपेन्द्रकुमार खतिवडाले वित्तीय क्षेत्रमा रहेका सम्भावना र चुनौती, रितु थापाले जलवायु परिवर्तनमा महिलाको भूमिका, डा. विष्णु बस्यालले नेपालमा लैंगिक तथा यौनजन्य हिंसामा पुनः स्थापनासम्बन्धी कानूनी व्यवस्था एक चुनौती, दर्शन कर्ण राईले राजनीतिक सहभागितामा समावेशिता: महिला अधिकारको सुनिश्चितता विषयक कार्यपत्र प्रस्तुत गने अधिवक्ता किरणकुमारी साहले जानकारी दिइन् ।

यसैगरी,  सिर्जना कँडेलले जलवायु परिवर्तनले महिलामा पर्ने असर, शान्ता पाठकले नेपाल न्यायिक समिति: वर्तमान अवस्था, शर्मिला रेग्मीले न्यायिक समितिको क्षेत्राधिकार, मेलमिलाप, विवाद समाधानका चुनौती, सबनम अधिकारी र सुमित्रा थापाले महिलाको समानुपातिक सहभागिता: अवसर र चुनौती, विमला खत्रीले प्रजनन स्वास्थ्य अधिकार, सुशीला कार्की र सन्ध्या कार्कीले कानून व्यवसायी महिलाको पेसागत अवस्था, चुनौती र आर्थिक सबलीकरणका विषयमा कार्यपत्र प्रस्तुत गर्ने कार्यक्रम रहेको छ ।

यस्तै, इन्दु पाण्डेयले महिलाको समानुपातिक सहभागिता: अवसर र चुनौती, विपना योगीले प्रजनन स्वास्थ्य अधिकार, गरिमा भट्टराईले प्रसूति बिदा: अभ्यास र चुनौती, शैलजा साहले कानून व्यवसायी महिलाको पेसागत अवस्था, चुनौती र आर्थिक सबलीकरण, उमा थापाले न्यायिक समितिको क्षेत्राधिकार तथा मेलमिलाप तथा विवाद समाधानका चुनौतीहरूलगायत विषयबारे कार्यपत्र प्रस्तुत गर्ने कार्यक्रम रहेको छ ।

प्रस्तुत कार्यपत्रमा भोलिसम्म  समूहगत छलफल गरी राष्ट्रिय सम्मेलनको घोषणापत्र सार्वजनिक गरिने जनाइएको छ । सम्मेलनमा नेपालले महिला हकहित र अधिकारका विषयमा अन्तर्राष्ट्रियस्तरमा गरेका सन्धि र सम्झौताको कार्यान्वयनमा देखिएका समस्या तथा उपलब्धिका विषयमा पनि चर्चा हुने अध्यक्ष राईले जानकारी दिइन् ।