२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अधिकार पाउन सधैँ अदालत धाउन परेको लैंगिक तथा यौनिक अल्पसंख्यकको गुनासो

अ+ अ-

काठमाडौँ । लैंगिक तथा यौनिक अल्पसंख्यकहरूले अधिकार पाउन सधैँ अदालत धाउनु परेको गुनासो गरेका छन् । स्पष्ट कानुन नहुँदा यस्तो समस्या भोग्नु परेको उनीहरूको गुनासो छ ।

महिला, कानुन र विकास मञ्च (एफडब्लुएलडी)ले शुक्रबार राजधानीमा आयोजना गरेको लैंगिक तथा यौनिक अल्पसंख्यकहरूको कानुनी पहिचान विषयक अन्तरक्रिया सहभागी भएका उनीहरूले यस्तो बताएका हुन् ।

सिड कमिटीमा पेस हुने छाया प्रतिवेदनमा लैंगिक तथा यौनिक अल्पसंख्यकको गुनासो समेट्न सञ्चारकर्मीसँग छलफल कार्यक्रम आयोजना गरिएको एफडब्लुएलडीकी कार्यक्रम अधिकृत अधिवक्ता सुस्मा गौतमले बताइन् ।

छलफलको निष्कर्ष जनवरी ६ मा प्रस्तुत गरिने सिडको छाया प्रतिवेदनमा लैंगिक तथा यौनिक अल्पसंख्यकको कानुनी पहिचानबारे उल्लेख गरिने गौतमले बताइन् ।

अधिवक्ता बिनु लामाले व्यक्तिको पहिचान जे भए पनि नागरिकता प्राप्त गर्ने अधिकार संविधानले सुनिश्चित गरेको बताइन् ।

व्यक्तिको समस्या लिएर अदालत जान सकिने तर, व्यक्तिको फैसलालाई नजिर मानेर सबैतिर नागरिकता वितरण गर्ने कानुनी व्यवस्था नभएको उनले बताइन् । समलिंगी विवाहका लागि सर्वोच्च अदालतबाट अस्थायी अन्तरिम आदेश दिएको तर, कानुनी मान्यता प्राप्त गरिनसकेको लामाले जानकारी दिइन् ।

लैंगिक तथा यौनिक अल्पसंख्यकले नागरिकतामा विवरण सच्याउन अदालत नै जानुपर्ने बाध्यता रहेको उनको भनाइ छ । एक जनाको हकमा भएको फैसला अर्को व्यक्तिको हकमा लागू नहुने अवस्था रहेको र यसले प्रत्येकलाई अधिकार पाउन अदालत नै जानुपर्ने बाध्यता रहेको अधिवक्ता लामाले बताइन् ।