काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको तरकारी र फलफूलको मूल्य सार्वजनिक गरेको छ ।
आज रातो आलुको औसत मूल्य प्रतिकेजी ५७.६७ रुपैयाँ रहेको छ । प्याज ६१.६७ रुपैयाँ, लोकल गाजर ११५ रुपैयाँ, सेतो मूला हाइब्रीड ४५ रुपैयाँ प्रति केजी रहेको छ ।
यस्तै, स्थानीय काउली ३५ रुपैयाँ, बन्दा लोकल ४५ रुपैयाँ, लौका ७५ रुपैयाँ, तितो करेला १०५ रुपैयाँ र ठुलो नेपाली गोलभेँडा भारतीय ८५ रुपैयाँ प्रति केजी तोकिएको छ ।
यस्तैगरी, प्याज सुकेको (भारतीय) ६१.६७ रुपैयाँ, मटरकोशा १०५ रुपैयाँ, बरेला ६५रुपैयाँ, रायो साग २५ रुपैयाँ, खुर्सानी सुकेको ३९० रुपैयाँ रहेको छ ।


