काठमाडौँ । नेकपा एमालेले संविधानको समीक्षा र संशोधन गर्नका लागि नेपाली काँग्रेस र एमालेका नेता रहेको कार्यदल गठन गर्ने निर्णय गरेको छ ।
आज बसेको सचिवालय बैठकले संविधानको समीक्षा र संशोधन गर्नका लागि नेपाली काँग्रेस र एमालेका नेता रहेको कार्यदल गठन गर्ने निर्णय गरिएको एमाले उपमहासचिव ज्ञवालीले जानकारी दिए ।
“संविधान र संघीयता कार्यान्वयनको हामीले समग्र समीक्षा गर्नेछौँ । र त्यसभित्र कार्य विस्तृतीकरणका सुझाव कति कार्यान्वयन भए वा भएनन् । विज्ञ हस्तान्तरण कहाँ कति भए त्यसको पनि समीक्षा गरिनेछ”, उपमहासचिव ज्ञवालीले भने ।