काठमाडौँ । अफ सिजन सुरु भए पनि मुस्ताङमा पर्यटक आउने क्रम जारी छ। अत्यधिक चिसो र सम्भावित हिमपातको जोखिमका बाबजुद पनि पर्यटकको आगमन भइरहेको हो।
जिल्ला प्रहरी कार्यालयका अनुसार हिउँदयामको पहिलो साता बितिसक्दा समेत म्याग्दी हुँदै दैनिक १ हजार २ सय बढी पर्यटक आइरहेका छन्। दैनिक ४०/५० जनाको संख्यामा पर्यटक उपल्लो मुस्ताङ जाने गरेका छन्।