२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

हनी ट्र्याप प्रकरण: आपराधिक लाभ कसुरमा निलम्बित इन्स्पेक्टर अदालतमा हाजिर

अ+ अ-

काठमाडौँ। आपराधिक लाभ कसुरमा फरार रहँदै आएकी निलम्बित प्रहरी निरीक्षक बिनु शाही आइतबार जिल्ला अदालत ललितपुरमा हाजिर भएकी छन्। अदालतका प्रवक्ता राम सजिवन महतोले निलम्बित निरीक्षक शाही अदालतमा उपस्थित भएको पुष्टि गरेका छन्। उनी उपस्थित भएसँगै आजैबाट थुनछेक बहस शुरु हुने पनि प्रवक्ता महतोले प्रशासनलाई जानकारी दिए । 

प्रहरी प्रभाग भैँसे पाटीको इन्चार्ज रहेका बेला हनी ट्र्यापको माध्यमबाट रकम असुली गरेको आरोप शाहीमाथि लागेको थियो। यसै प्रकरणमा जिल्ला अदालत ललितपुरले यसअघि ताजमूल इस्लामलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो।

त्यस्तै, प्रहरी हवल्दार महेन्द्र हमाललाई तारेखमा र सुस्मा विकलाई दुई लाख रुपैयाँ धरौटीमा र भिमादेवी थापालाई एक लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिइएको थियो।

निलम्बित शाही र अर्का एक जना पुरुष फरार रहेका थिए। 

प्रकरणमा उनीहरूमाथि मिलेमतोमा एक व्यवसायीलाई बलात्कारको मुद्दामा फसाउने भन्दै ३० लाख रुपैयाँ लेनदेन गरेको खुलेको थियो। घटनाबारे डिएसपी नरहरि अधिकारीको नेतृत्वमा प्रारम्भिक छानबिन भएको थियो। उक्त समितिले शाहीमाथि मुद्दा चलाउन सिफारिस गरेको थियो।

थप अनुसन्धानका लागि मुद्दा केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) मा पठाइएको थियो। शाहीको अदालत उपस्थितिले मुद्दामा नयाँ मोड आउने संकेत देखिएको छ।

प्रतिक्रिया दिनुहोस