२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

दुनै-लासिक्याप सडक ट्रयाक निर्माणमा तीव्रता

अ+ अ-

सुर्खेत । डोल्पा सदरमुकाम दुनैबाट माथिल्लो डोल्पाको मरिमसम्मको एक सय किलोमिटर सडकमध्ये २५ किलोमिटर खण्डको ट्रयाक निर्माण सुरु भएको छ ।

भेरी करिडोर सडक आयोजनाअन्तर्गत सदरमुकाम दुनैसम्म यातायात सञ्चालन भए पनि सो भन्दा माथिल्लो भेगमा सडक सुविधा छैन । दुनै-लासिक्याप सडक निर्माण सुरु भएसँगै सो भन्दा माथिल्लो भेगमा नेपाली सेनाले काम गर्ने छ । हाल २५ किलोमिटर सडक खण्डभित्र ट्रयाक निर्माण तीव्र बनाएको आयोजना प्रमुख सुनिल रञ्जितकारले जानकारी दिए ।

लासिक्याप-मरिमको लम्बाइ ७५ किलोमिटर छ । उक्त ठाउँमा नेपाली सेनाले ४० किलोमिटर ट्रयाक निर्माण पहिले गरिसकेको आयोजना प्रमुख रञ्जितकारले बताए । दुनैबाट लासिक्याप २५ किलोमिटर छ भने लासिक्यापबाट मरिम ७५ किलोमिटर छ । २०८२ पुस १६ गते निर्माण पूरा गर्ने गरी सडक निर्माणको जिम्मेवारी सूर्य-श्रेया-शान्ति देवी जेभी काठमाडौँले २०७८ चैत १७ गते रु. १३ करोड ४२ लाखमा ठेक्का सम्झौता गरेको थियो ।

भेरी करिडोर नामकरण गरेर राष्ट्रिय प्राथमिकतामा राख्नुका साथै त्रिदेशीय पारवहनमा सजिलो हुने भएकाले छिन्चु-जाजरकोट–डोल्पा सडक त्रिदेशीय मार्गलाई महत्वका साथ हेरिएको छ । यो करिडोर सम्पन्न भएमा सबैभन्दा छोटो त्रिदेशीय मार्ग बन्नेछ । सेनाले भेरी कोरिडोरअन्तर्गतका जाजरकोट-डोल्पा सडक विसं २०६५ मा निर्माण सुरु गरेको थियो ।

ट्रयाक खुलेसँगै सेनाले उक्त एक सय १८ किलोमिटर सडक २०७६ सालमा भौतिक पूर्वाधार मन्त्रालयलाई हस्तान्तरण गरेको थियो । दुनैबाट मरिम नाकासम्मको एक सय किलोमिटरमध्ये नेपालतर्फको ४० किलोमिटर सडक निर्माण भइसकेको छ । दुनैबाट धोसम्म सडक बन्न बाँकी छ ।

जाजरकोटबाट दुनैसम्म बेलिब्रिज निर्माण भएपछि यातायात सञ्चालनमा छ । माथिल्लो डोल्पाका तीन गाउँपालिकाका जनताले नेपालतर्फ सडक सुविधा नहुँदा अझै सरकारी कामकाजका लागि सदरमुकाम दुनै आउन एक साता पैदल हिँड्नुपर्ने बाध्यता छ ।

सडक निर्माणमा ढिलाइ भएको काइके गाउँपालिकाका अध्यक्ष अंकद रानाले गुनासो गरे । निर्माण सामग्रीदेखि दैनिक उपभोग्य सामग्री लिन र ल्याउन बाटो नहुँदा समस्या हुने गरेको उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस