२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मंकीपक्सबाट बच्न सावधानी अपनाउनू : स्वास्थ्य मन्त्रालय

अ+ अ-

काठमाडौँ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा फेरि मंकीपक्सको संक्रमित भेटिएपछि सचेत रहन आग्रह गरेको छ। 

मन्त्रालयले विज्ञप्ति जारी गर्दै नेपालमा पुन: मंकीपक्स पुष्टि भएपछि आवश्यक सावधानी अपनाउन सचेत गराएको हो ।

बिहीबार साउदी अरेबियाबाट फर्किएका तनहुँका एक ३६ वर्षीय पुरुषलाई शुक्रबार मंकीपक्स पुष्टि भएको थियो । संक्रमण पुष्टि भएका वा शंकास्पद व्यक्तिसँग असुरक्षित सम्पर्कमा नजान मन्त्रालयले सचेत गराएको छ ।

मन्त्रालयले सबैलाई सचेत रह र यदि कसैलाई मंकीपक्ससँग मिल्दो लक्षण भेटिए अस्पताल गएर चिकित्सकको सल्ला लिने र मन्त्रालयको हेलो स्वास्थ्य कल सेन्टर १११५ मा सम्पर्क गरी परामर्श लिन सूचित गरेको छ ।

साथै, यसको निदानका लागि मन्त्रालयबाट हरेक प्रदेशमा अस्पतालहरूसमेत तोकी विशेषज्ञहरू तोकिसकिएकोले हुनाले उनीहरूबाट परामर्श लिन सकिने छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, स्वास्थ्य सेवा विभाग, इपिडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखा, अस्पतालहरू र प्रयोगशालाद्वारा निगरानी र सजगता बढाइएको बताएको छ ।

मन्त्रालयले मंकीपक्सको संक्रमण हुँदा ज्वरो आउने, ज्वरो सुरु भएको १ देखि ३ दिन भित्रमा छाला, अनुहार, हत्केला, र पैतालामा डाबर देखा पर्ने, डाबर परिवर्तन भइ फोका हुँदै पाप्रा लागेर उप्किने, टाउको, ढाड र मांसपेशी दुख्ने र शरीरका ग्रन्थिहरू बढ्ने, आँखामा संक्रमण भई दृष्टि गुम्ने, निमोनिया, मस्तिष्क ज्वर, गर्भ खेर जाने र मृत्यु समेत हुन सक्ने जनाएको छ।

मंकीपक्स संक्रमित व्यक्ति वा संक्रमित पशुसँगको सम्पर्कमा आउँदा सर्ने जनाएको छ। बिमिराको सम्पर्क, शरीरबाट निस्किएको तरल पदार्थ  जस्तै थुक, र्‍यालको सम्पर्कबाट, भाइरसबाट दूषित सतह र सामग्रीको प्रत्यक्ष, संक्रमित बाँदर, मुसा, लोखर्के लगायतका जनावर र भाइरस रहेको ओछ्यान र लुगाबाट पनि सर्ने मन्त्रालयले जनाएको छ।

प्रतिक्रिया दिनुहोस