१९ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

चितवनको हात्ती महोत्सव रोक्न जोन अब्राहमको आग्रह, मन्त्रीलाई लेखे पत्र

अ+ अ-

काठमाडौँ । चितवनमा आयोजना हुने हात्ती महोत्सवको नाममा जनावरमाथि हुने दुर्व्यवहारप्रति आपत्ति जनाउँदै भारतीय चर्चित अभिनेता जोन अब्राहमले नेपालका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेलाई पत्र लेखेका छन्।

टाइम्स अफ इन्डियाको रिपोर्ट अनुसार, अब्राहमले उक्त महोत्सवको क्रममा हात्तीलाई कुटपिट गरिने, दौडन बाध्य पारिने, पर्यटकको सवारीका लागि प्रयोग गरिने र पोलो तथा फुटबल खेल्न विवश गरिने उल्लेख गरेका छन्। उनले यस्तो गतिविधिले जनावरको शारीरिक र मानसिक स्वास्थ्यमा गम्भीर असर पुर्‍याउने दाबी गरेका छन्।

अब्राहमले मन्त्री पाण्डेलाई सम्बोधन गर्दै लेखेका छन्, “यी बुद्धिमान र संवेदनशील जनावरले खेलका क्रममा शारीरिक र भावनात्मक पीडा सहनु पर्छ।” उनले थप्दै भनेका छन्, “जसले प्राकृतिक वासस्थानमा हात्तीहरूको सुन्दरता देखेका छन्, ती सबैलाई थाहा छ कि हात्ती शक्ति र बुद्धिको प्रतीक मात्र नभई राष्ट्रिय सम्पदासमेत हुन्।”

पत्रमा उनले नेपाललाई हात्तीहरूको संरक्षण र सम्मानमा नेतृत्वदायी भूमिका खेल्न सक्ने मौका रहेको बताउँदै महोत्सवमा हात्ती प्रयोग गर्ने प्रथा स्थगित गर्न आग्रह गरेका छन्। अब्राहमले भनेका छन्, “नेपालसँग सबै जीवित प्राणीप्रति दया र सम्मानको मूल्य स्थापित गर्दै साझा भविष्यतर्फ अगाडि बढ्ने अवसर छ।”

उनले नेपालप्रति विशेष सम्मान रहेको उल्लेख गर्दै भनेका छन्, “नेपाल मेरो हृदयमा विशेष स्थान राख्छ। मलाई विश्वास छ कि यहाँको उज्ज्वल भविष्य नागरिकको सम्मान, वन्यजन्तुप्रतिको माया र प्राकृतिक सौन्दर्यको संरक्षणबाट सुनिश्चित हुनेछ।”

चितवनको हात्ती महोत्सवबारे लामो समयदेखि जनावर अधिकारसम्बन्धी समूहहरूले समेत विरोध गर्दै आएका छन्। उनीहरूले हात्तीलाई कुटपिट गरी रगताम्मे बनाउने, पर्यटकको सवारीका लागि दुर्व्यवहार गर्ने र मनोरञ्जनका लागि खेलमा प्रयोग गर्ने कार्य बन्द गर्न माग गर्दै आएका छन्।

जोन अब्राहम बलिउडका चर्चित अभिनेता हुन्, जसका फिल्महरूले नेपालमा राम्रो लोकप्रियता हासिल गरेका छन्। अब्राहमको यो कदमले महोत्सवको विषयमा नयाँ बहस सिर्जना गर्ने देखिन्छ।

नेपालमा जनावर अधिकार र पर्यटन गतिविधिहरूबिच सन्तुलन कायम राख्ने सवालमा यो घटनाले गम्भीर प्रश्न उठाएको छ।

प्रतिक्रिया दिनुहोस