काठमाडौँ । नेपाल प्रहरीका दुईजना प्रहरी नायव महानिरीक्षक (डीआईजी)लाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवा गरिएको छ। शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले डिआइजीहरू दुर्गा सिंह र भरतबहादुर बोहरालाई एआईजीमा बढुवा गर्ने निर्णय गरेको हो।
गत शुक्रबार बसेको बढुवा सिफारिस समितिले प्रहरी नियमावली, २०७१ को नियम २७ को उपनियम (४) अनुसार उनीहरूलाई एआईजीमा बढुवा गर्न सिफारिस गरेको थियो।
एआईजी भीमप्रसाद ढकाल र केदार ढकालको अवकाशपछि रिक्त पदमा सिंह र बोहराको बढुवा गरिएको हो।
सम्बन्धित समाचार : सिंह र बोहोरा एआइजीपीमा बढुवा सिफारिस
सम्बन्धित समाचार : एआईजीद्वय भीमप्रसाद ढकाल र केदार ढकाल अनिवार्य अवकाश