२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

लुम्बिनी विहार तथा तीर्थयात्री व्यवस्थापन कार्यविधि कार्यान्वयनमा

अ+ अ-

लुम्बिनी । यहाँका स्थानीय होटल र लुम्बिनी विहार बीचको विवाद समाधान भएको छ । यसका लागि लुम्बिनी होटल संघ र विहार सञ्चालकबीचको बुधबार आठबुँदे सहमति भएसँगै विवाद समाधान भएको हो ।

लुम्बिनी विकास कोषको पहलमा लुम्बिनी होटल संघ, लुम्बिनी सांस्कृतिक नगरपालिका र जिल्ला प्रशासनको संलग्नतामा होटल र विहारका विषयमा देखिएका समस्या समाधान गर्न ‘लुम्बिनी विहार तथा तीर्थयात्री व्यवस्थापन कार्यविधि २०८१’ बनाइएको थियो ।  

सांसद वासुदेव घिमिरेको उपस्थितिमा कोषका उपाध्यक्ष डा.ल्हारक्याल लामासहित होटल व्यवसायी, विहारका प्रतिनिधिको बैठकले विवाद समाधान गर्दै सो कार्यविधि कार्यान्वयन गर्ने प्रतिबद्धता जनाएको छ । 

लुम्बिनी गुरुयोजना क्षेत्रभित्र रहेका विहार गुम्बामा तीर्थयात्रीलाई होटलमा जस्तै सुविधा दिइएकोजस्ता विषयलाई लिएर ती दुई निकायका बीचमा विवाद हुँदै आएको थियो । होटेल व्यवसायी र गुम्बा विहारको विषयले अन्तर्राष्ट्रियस्तरमा समेत नकारात्मक प्रचार हुन नदिन कोषकै नेतृत्वमा लुम्बिनी विहार तथा तीर्थयात्री व्यवस्थापन कार्यविधि २०८१ तयार पारिएको हो । 

कार्यविधिले गुम्बा विहारमा निश्चित सङ्ख्यामा भिक्षु, लामा भन्ते, आर्थिक अवस्था कमजोर भएका तीर्थयात्री र चन्दादातालाई मात्रै राख्ने र होटल व्यवसायीले समेत गुम्बा विहारमा आएका धार्मिक तीर्थयात्रीलाई आत्मिक स्वागत सत्कार गर्ने गरी कार्यविधि तयार पारिएको जनाइएको छ ।

सांसद घिमिरेले लुम्बिनी अन्तर्राष्ट्रिय पर्यटकीयस्थल भएकाले यहाँ विश्वभरका पर्यटकलाई आकर्षित गर्ने गरी वातावरण बनाउनुपर्नेमा जोड दिए । कोषका उपाध्यक्ष डा.लामाले दुई पक्षबीचमा भएको सहमति पूर्णरुपमा कार्यान्वयन गर्न निर्देशन दिए । उनले विवादले अन्तर्राष्ट्रियस्तरमा लुम्बिनीको गलत सन्देश गइरहेकोमा अब त्यसको अन्त्य भएको बताए । उनले लुम्बिनी विकास कोषसहित होटल व्यवसायी र गुम्बा विहारका प्रतिनिधिबीचको छलफलबाट कार्यविधि तयार पारिएकाले अब यसको कार्यान्वयन सबै मिलेर गर्नुपर्ने बताए । 

यस्तै लुम्बिनी होटल व्यवसायी संघ नेपालका अध्यक्ष गोविन्द ज्ञवालीले गुम्बा विहार र होटल व्यवसायीबीच भएको असमझदारी कार्यविधि बनेसँगै अन्त्य भएको बताए । उनले कार्यविधिको इमान्दारीपूर्वक कार्यान्वयन गर्न आग्रह गरे ।