काठमाडौँ । काठमाडौँ विश्वविद्यालयमा भावी उपकुलपति नियुक्त गर्न छनोट तथा सिफारिस समिति गठन भएको छ । विश्वविद्यालय सभाले समिति गठन गर्ने निर्णय गरेको उपकुलपति भोला थापाले जानकारी दिए । थापाको कार्यकाल माघ ६ गतेदेखि सकिँदै छ ।
प्रधानमन्त्री तथा कुलपति केपी शर्मा ओली उपस्थित सभाले पूर्वउपकुलपति सुरेशराज शर्मा संयोजकत्वमा समिति गठन गरेको हो ।
विश्वविद्यालय ऐनमा सभाले समिति गठन गर्ने र सिफारिस गरेबमोजिम कुलपतिले ४ वर्षे कार्यकालका लागि उपकुलपति नियुक्त गर्ने व्यवस्था छ । समितिमा पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका पूर्वउपकुलपति डा।अर्जुन कार्की र पूर्वसचिव जर्नादन नेपाल सदस्य रहेका छन् ।