काठमाडौँ । नेकपा एमालेले पार्टी र नेतृत्व विरुद्ध षड्यन्त्र र कुप्रचारको प्रतिवाद गर्ने संकल्प गरेको छ।
आइतबार एमालेको केन्द्रीय संगठन विभागले पार्टी कार्यालयमा आयोजना गरेको एक कार्यशालामा पार्टी र नेतृत्व विरुद्धका षड्यन्त्र र कुप्रचारको प्रतिवाद गर्नेसहित ६ वटा संकल्प गरेको हो।
‘स्थानीय तहमा पार्टी कामका समस्या र समाधान’ विषयमा शनिबार र आइतबार गरी दुई दिन राष्ट्रिय कार्यशालाको आयोजना गरेको हो।
यस कार्यशालाले राष्ट्रिय शक्ति निर्माणका लागि माघ देखि चैत तीन महिना ‘वडा केन्द्रित अभियान’ सञ्चालन गर्ने घोषणा पनि गरेको छ।