बाजुरा । हत्या गरेको अभियोगमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा बुढीगंगा नगरपालिका-२ मा बस्दै आएको ४८ वर्षीय नन्दे सनइ रहेका छन् । सनइले धारिलो हतियार प्रहार गरी बुढीगंगा नगरपालिका-२ नडाङ सनइवाडा बस्ने ८ वर्षीया विनीता नेपालीको हत्या गरेको थियो ।
सो हत्या गरेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय बाजुराबाट खटिएको प्रहरीले उनलाई शुक्रबार साँझ पक्राउ गरेको हो । उनीविरुद्धा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।