काठमाडौँ। नेपाल प्रहरीको प्राविधिक प्रहरी समूहअन्तर्गत स्वास्थ्य उपसमूह, चिकित्सक सेवाका चिकित्सक उपरीक्षक पदमा चार जनाको बढुवा सिफारिस गरिएको छ।
गृह मन्त्रालय, बढुवा समितिको आज बसेको बैठकले प्रहरी अस्पताल र सम्बन्धित शाखाहरूमा कार्यरत चिकित्सकहरूलाई बढुवाका लागि सिफारिस गरेको हो।
प्राप्त जानकारी अनुशार नेपाल प्रहरी अस्पताल, एनेस्थेसिया शाखामा कार्यरत डा. रामप्रसाद शर्मा, नेपाल प्रहरी अस्पताल, नाक कान घाँटी शाखाका डा. नवीन लागेजु, प्याथोलोजी शाखाका डा. समृद्धि कार्की र बागमती प्रदेश प्रहरी अस्पतालकी डा. अञ्जली तण्डुकार रहेका छन् ।
