२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

काँग्रेस महामन्त्री शर्माले गरे लोबुचे हिमालको सफल आरोहण

अ+ अ-

काठमाडौँ । काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले लोबुचे हिमाल चढेका छन् ।

संसद दिवसको सन्दर्भ पारेर ५ जना युवासहित काँग्रेस महामन्त्री शर्माले ६,१४५ मिटर उचाइको लोबुचे हिमाल चढेका हुन् ।

मंसिर २१ देखि खुम्बु पदयात्रामा रहेका शर्मा र युवाहरूले शुक्रबार बिहान ६ बजेर ४५ मिनेटमा लोबुचे हिमालको सफल आरोहण गरेका हुन् ।

‘आरोहणको ९ उध्येश्य’ महामन्त्री शर्माले राजनैतिक विषयहरू बाहेक अन्य क्षेत्रका विषयहरू सार्वजनिक र संसदमा पनि उठाउँदै आएका छन् ।

आरोहण दलका सदस्य प्रकाश लामिछानेका अनुसार यस पटक हिमाल आरोहणमार्फत ९ विषयलाई ध्यानाकर्षण गराउन खोजिएको छ।

जसमा जलवायु परिवर्तन, पर्वतारोहीको सम्मान, पर्यटन क्षेत्रको विकासमा राज्यको विशेष प्राथमिकता, नागरिक विश्वास बलियो बनाउने गरी संसदको भूमिका, हिमाल जस्तै पवित्र र कन्चन नेपाली समाज, नेपालको समुन्नतिका लागि राजनीतिमा परिवर्तन, भ्रष्टाचार, ठगी र अनियमितता नियन्त्रण, भौतिक पूर्वाधार निर्माण ढिलासुस्ती र समुन्नतिका लागि अपनत्व विस्तारसहितको स्थिर संसदीय प्रणाली रहेको थियो ।

संसदको आगामी अधिवेशनमा सांसद शर्माले जलवायु परिवर्तनले हाम्रो हिमाली क्षेत्रमा परेको असरबारे स्थलगत अध्ययनको विवरण समेत राख्ने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस