२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

एकीकृत समाजवादीको स्थायी कमिटी बैठक आज पनि बस्दै

अ+ अ-

काठमाडौँ । नेकपा एकीकृत समाजवादीको स्थायी कमिटी बैठक आज पनि बस्दैछ । बुधबारदेखि पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा सुरु भएको बैठक आज पनि बस्ने भएको हो ।

हिजोको बैठकमा पार्टी अध्यक्ष माधवकुमार नेपालले राजनीतिक प्रतिवेदन प्रस्तुत गरेका थिए । जसमा स्थानीय तह उपनिर्वाचनको समीक्षा गरिएको छ भने राष्ट्रिय तथा अन्तराष्ट्रिय प्रभावबारे उल्लेख गरिएको छ ।

यस्तै, वैज्ञानिक समाजवाद कार्यान्वयनका लागि राष्ट्रिय पुँजीको सञ्चय, आर्थिक रूपान्तरणका लागि पुँजी परिचालन, औद्योगिक क्षेत्रमा लगानी वृद्धि गर्नुपर्ने विषय प्रतिवेदनमा समावेश गरिएका छन् ।

देशभर पार्टीको साङ्गठनिक गतिविधि, जिल्ला तथा प्रदेशका अधिवेशनबारे समीक्षा, आगामी दिनमा पार्टीले निर्वाह गर्ने भूमिकाबारे छलफल गरिएको छ । आजको बैठकले पार्टी सङ्गठनलाई सुदृढीकरण गर्न भावी कार्यदिशा तय गर्नेछ ।

नेताको कार्य विभाजनअन्तर्गत विभिन्न विभागीय प्रमुख, जिल्ला इन्चार्ज, आयोग तथा जनसङ्गठन इन्चार्ज तोक्न पार्टी अध्यक्ष नेपालको नेतृत्वमा गठित कार्यदलले आजको बैठकमा नामावली प्रस्तुत गर्ने र सोही बैठकले अनुमोदन गर्ने जनाइएको छ ।