१९ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सामान्य प्रशासन मन्त्री गुप्ता भन्छन् – कर्मचारीहरू नेता लिएर सिंहदरवार आउँछन्

अ+ अ-

काठमाडौँ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताले कर्मचारीहरू आफ्नो समस्या समाधान गर्न नेताको साथमा मन्त्रालय आउने गरेको गुनासो गरेका छन्।

नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानद्वारा सुरु गरिएको ३९ औँ आधारभूत प्रशासन प्रशिक्षण कार्यक्रमको शुभारम्भ समारोहमा मन्तव्य दिँदै मन्त्री गुप्ताले अनावश्यक दबाब सिर्जना गर्न कर्मचारीहरू नेताको सहारा लिएर मन्त्रालय आउने गरेको उल्लेख गरे। समारोहमा मुख्यसचिव एकनारायण अर्यालको उपस्थिति थियो। कार्यक्रममा मन्त्री गुप्ताले कर्मचारीहरूबाट हुने यस्तो व्यवहारले आफूलाई निकै समस्या भएको बताए।

मन्त्री गुप्ताले भने, “मैले मन्त्रालय सम्हालेको पाँच महिना बितिसकेको छ। तर अहिलेसम्म कुनै पनि कर्मचारी मेरो कार्यकक्षमा आएर आफ्नो समस्या सिधै राख्ने आँट गरेको देखिएन। जो पनि आउँछन्, कुनै न कुनै नेताको साथमा आउँछन्। यस्तो प्रवृत्तिले मलाई निकै दुःख दिइरहेको छ।”

उनले ३९औँ ब्याचका नयाँ कर्मचारीहरूलाई यस्तो व्यवहार नगर्न आग्रह गर्दै आफ्नो अध्ययन र क्षमतामा विश्वास गरेर अघि बढ्न सुझाव दिए। मन्त्री गुप्ताले भने, “आफ्नो जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्नुभयो भने सुविधाहरू आफैँ प्राप्त हुन्छन्। राम्रो काम गर्दा सम्मान प्राप्त हुने मात्र होइन, देशको गरिमा पनि जोगिन्छ।”

कर्मचारीले नेता बोक्ने नौलो भने हैन, तर अहिले बढ्दो क्रममा छ । मन्त्री गुप्ताको अभिव्यक्तिले नेपालको प्रशासनिक प्रणालीमा देखिएको नेताप्रति निर्भरता र दबाबको संस्कृति उजागर गरेको छ। कर्मचारीहरूले सिधा र पारदर्शी रूपमा आफ्नो समस्या राख्न नसक्ने अवस्था गम्भीर छ। देशको विकास र प्रशासनिक सक्षमताका लागि यस्तो निर्भरता अन्त्य गरी कुशलता र पारदर्शितामा आधारित प्रणाली निर्माण गर्नु अत्यावश्यक छ।

प्रतिक्रिया दिनुहोस