२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रधानमन्त्री ओलीको चीन भ्रमण सफल भएको एमालेको निष्कर्ष

अ+ अ-

काठमाडौँ । सत्तारुढ दल नेकपा एमालेले प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमण सफलतापूर्वक सम्पन्न भएको निष्कर्ष निकालेको छ।

मंगलबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको सचिवालय बैठकले चीन भ्रमणमा प्रधानमन्त्री ओलीले बेल्ट एण्ड रोड इनिसिएटिभ (बिआरआई) परियोजनामा सम्झौता गरी अघि बढाउनु आफैमा सफलता भएको निष्कर्ष निकालेको हो।

बैठकका निर्णय सुनाउँदै पार्टीका उपमहासचिव प्रदीप ज्ञवालीले बैठकमा प्रधानमन्त्रीको चीन भ्रमणको समीक्षा गरिएको बताए। उनले नेपाल-चीन सम्बन्धमा पारेका प्रभावको समीक्षा गर्दा भ्रमण सफल भएको निष्कर्ष निकालेको बताए।

अन्य सम्झौताका अतिरिक्त बिआरआईमा भएको सम्झौता नेपालको दीर्घकालीन विकासका लागि निकै महत्त्वपूर्ण उपलब्धि भएको एमालेको ठहर छ।

सत्तामा रहेका प्रमुख पार्टीहरूको बीचमा भएको सहमतिले बिआरआईलाई निष्कर्षमा पुर्‍याउन सहयोग गर्नुका साथै भविष्यमा परराष्ट्र नीति र बाह्य सम्बन्ध सञ्चालन गर्दा दिगोपन राष्ट्रिय सहमति निर्माण हुने आधार बनेको निष्कर्ष एमालेको छ। बिआरआई सहमतिमा दुवै देशले कार्यान्वयनमा जोड दिनुपर्ने एमालेको भनाइ छ। 

बैठकले मंसिर १६ गते भएको उपनिर्वाचनको समीक्षासमेत गरेको छ। जसमा समग्रमा विगतको भन्दा धेरै सिट जिते पनि कुनै पनि पार्टीले जनताको मत आफ्नो साथमा राख्न नसकेकोमा समीक्षा गरेको बताए।

शहरी क्षेत्रमा जनमत सोचेकोजस्तो नआएको बारेमा पनि छलफल गरिएको र आगामी दिनमा जनमत जोड्दै जानेबारेमा निष्कर्ष निकालेको बताए। मतको परिवर्तनलाई गम्भीरतापूर्वक लिएको उनको भनाइ छ।

केही राजनीतिक दलका नेताहरुले आफ्नो क्षणिक स्वार्थका निम्ति सामाजिक सञ्जालहरूको दुरुपयोग गर्दै मिसइन्फर्मेसन र डिसइन्फर्मेसनको माध्यमबाट जनतामा निराशा र भ्रम फैल्याउने काम गरेको निष्कर्ष एमालेको छ।

प्रतिक्रिया दिनुहोस