१९ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

गगन थापाले भने-एक आर्थिक वर्षमा पाँच लाखलाई रोजगारी सिर्जना गर्नुपर्छ

अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले एक आर्थिक वर्षमा पाँच लाखलाई रोजगारी सिर्जना गर्नुपर्ने बताएका छन् ।

७६औँँ अन्तर्राष्ट्रिय मानव अधिकार दिवसका अवसरमा मानव अधिकार तथा शान्ति समाजले आज यहाँ आयोजना गरेको ‘बढ्दो युवा पलायन र सैन्य प्रयोजनमा दुरुपयोगको खतरा’ विषयक नागरिक संवाद कार्यक्रमलाई सम्बोधन गर्दै उनले युवा पलायन रोक्न देशमा रोजगारी सिर्जना गर्नुपर्ने बताएका हुन् ।

एक आर्थिक वर्षमा कति राजस्व संकलन भयो भनेर मापन गरिए जस्तै वर्षमा कति रोजगारी सिर्जना भयो भनेर पनि मापन गरिनुपर्ने उनले बताए ।

महामन्त्री थापाले भने, ‘मुख्य राजनीतिक दलमा यस्ता विषयमा छलफल नै हुँदैन, सञ्चारमाध्यमले पनि यस्ता विषयमा बहस गराउन सकेको छैन, सत्तारुढ दलको दुई दलीय संयन्त्रमा मैले यस्ता विषयमा बहसको आरम्भ गराएको छु, रोजगारी सिर्जना गर्न सकियो भने राजनीतिक नेतृत्वलाई पनि सहज हुन्छ ।’

अबको समय ज्ञान अर्थतन्त्रको भएकाले त्यसका लागि आवश्यक जनशक्ति उत्पादनमा ध्यान दिनुपर्ने महामन्त्री थापाको भनाइ छ । धेरै युवा रोजगारीकै लागि विदेशिएकाले वैदेशिक रोजगारसहित स्वदेशमै रोजगारी सिर्जना गर्न सकिने गरी मन्त्रालयको व्यवस्था गरिनुपर्ने उनको धारणा छ ।

प्रतिक्रिया दिनुहोस