काभ्रे । सुन जस्तो देखिने पहेँलो धातुसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेहरूमा रोशी गाउँपालिका-९ बस्ने ३८ वर्षीय वसन्त लामा र रामेछाप मन्थली नगरपालिका(१ बस्ने २९ वर्षीय अमृत श्रेष्ठ र लुम्बिनी सांस्कृतिक नगरपालिका-६ बस्ने ३६ वर्षीय जनार्दन गुप्ता रहेका छन् ।
काठमाडौँबाट बनेपातर्फ जाँदै गरेको बीएबी ८६०८ नम्बरको कारलाई जाँच गर्ने क्रममा कारको सिट मुनी प्लाष्टिकको झोलामा लुकाई छिपाई राखेको करिब ५ सय ५८ ग्राम सुन जस्तो देखिने पहेँलो धातु भेटिएको थियो ।
लामा र श्रेष्ठलाई बनेपा नगरपालिका-१३ साँगा चोकबाट आइतबार साँझ जिल्ला प्रहरी कार्यालय काभ्रेबाट खटिएको प्रहरीले पक्राउ गरेको हो भने फ्लाई दुबईको उडानबाट आएका नार्दन गुप्तालाई गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।
गुप्ता साथबाट १ सय ५० ग्राम तौलको सुन जस्तो देखिने पहेँलो धातुको सिक्री बरामत गरिएको छ । साथै, उक्त कार्यमा संलग्न रहेका शंकास्पद २ जनालाई समेत प्रहरीले नियन्त्रणमा लिएको छ । यस सम्बन्धमा उनीहरूलाई प्रहरीले आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।







