१९ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पुनः बजारमा रंगीन कटन क्यान्डी

अ+ अ-

काठमाडौँ। अखाद्य रंगको प्रयोग गरिएको रंगीन कटन क्यान्डी पुनः बजारमा छ्यापछ्याप्ती देखिन थालेका छन्। केही समयअघि सडक पेटी, बजार, मेला लगायतका स्थानहरूमा खुला रूपमा बिक्री भइरहेको यस्ता कटन क्यान्डीमाथि पूर्ण रूपमा प्रतिबन्ध लगाइएको भए पनि पछिल्ला केही महिनायता पुनः खुला रूपमा बिक्री भइरहेको पाइएको छ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले कटन क्यान्डीमा मानव स्वास्थ्यमा गम्भीर असर पुर्‍याउने अखाद्य रंग ‘रोडामाइन बी’ को प्रयोग भएको भन्दै यस्तो क्यान्डी उत्पादन र वितरण नगर्न निर्देशन दिएको थियो। विभागले अनुज्ञा पत्र प्राप्त गरी लेबल सहितका कटन क्यान्डीबाहेक अन्य कुनै पनि प्रकारका कटन क्यान्डी उपभोग नगर्न र आफ्ना बालबालिकाहरूलाई समेत नदिन आग्रह गरेको थियो। यसपछि बजारमा रंगीन कटन क्यान्डीको बिक्री रोकिएको देखिएको थियो। तर, पछिल्ला केही महिनायता काठमाडौँका सडक गल्लीहरूमा पुनः यस्ता कटन क्यान्डी खुल्लमखुल्ला बिक्री भइरहेको पाइएको छ।

सम्बन्धित समाचारः खुल्ला रूपमा बिक्री गरिएका कटन क्यान्डी उपभोग नगर्न खाद्य विभागको आग्रह

तत्कालीन समयमा विभागको निर्देशनसँगै काठमाडौँ महानगरपालिका लगायत अन्य स्थानीय प्रशासन र स्थानीय तहहरूले कटन क्यान्डी उत्पादन र बिक्री वितरणमा रोक लगाएका थिए। जिल्ला प्रशासन कार्यालय तनहुँ, काठमाडौँ महानगरपालिका, झापाको दमक नगरपालिकालगायतका स्थानीय तहहरूले सूचना जारी गरी अखाद्य रंगयुक्त कटन क्यान्डी प्रयोग, उत्पादन तथा बिक्रीमा प्रतिबन्ध लगाएका थिए।

सम्बन्धित समाचार : कटन क्यान्डी उत्पादन र वितरणमा पालिकाद्वारा रोक, अटेर गरे ५ हजारदेखि २ लाखसम्म जरिवाना

तर, पछिल्लो समय बजारमा यस्तो प्रतिबन्धको पालना कमजोर हुँदै गएको देखिएको छ। उपभोक्ताहरूले अखाद्य वस्तुहरूको बिगबिगी बढिरहेको गुनासो गर्दै आएका छन्।

अनुगमनको अभाव
उपभोक्ताहरूले म्याद सकिएका, रिलेबल गरिएका र मूल्य बढी लिएर बेचिएका वस्तुहरू खुलेआम बजारमा पाइने र अनुगमन निकायहरू मौन बसेको आरोप लगाएका छन्। चाडपर्वको समयमा हुने अनुगमनको दौडधुप अरु बेला भने ‘असुली’ र ‘सेटिङ’मै सीमित हुने प्रवृत्तिले अहिले झन् तीव्रता पाएको अधिकारकर्मीहरूको भनाइ छ।

सरकार र सम्बन्धित निकायहरूले यस्तो अवस्थामा प्रभावकारी अनुगमन र कारबाहीको प्रक्रिया अघि बढाउनुपर्ने आवश्यकता छ। रंगीन कटन क्यान्डी जस्ता अखाद्य र स्वास्थ्यमा गम्भीर असर गर्ने उत्पादनहरूको बजारमा नियन्त्रण गर्न सबै पक्षको सक्रिय भूमिका जरुरी छ।

प्रतिक्रिया दिनुहोस