काठमाडौँ । लोक सेवा आयोगले न्याय सेवाको नायव सुब्बा वा सो सरह पदको द्वितीय चरणको लिखित नतिजा प्रकाशन गरेको छ ।
आयोगको केन्द्रिय कार्यालयले आइतबार एक सूचना जारी गरी न्याय सेवाको नायव सुब्बा वा सो सरह पदको द्वितीय चरणको लिखित नतिजा प्रकाशन गरेको जानकारी दिएको हो ।
लोक सेवा आयोग, काठमाडौँ कार्यालयको विज्ञापन नं ११९०१-११९०५/०८०-८१ (खुला तथा समावेशी), न्याय सेवा, न्याय, कानुन र सरकारी वकिल समूह, रा.प. अनं. प्रथम श्रेणी (अप्राविधिक), नायव सुब्बा वा सो सरह पदको द्वितीय चरणको लिखित नतिजा प्रकाशन गरिएको छ ।

