२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

गढीमाई मेलाका भक्तजनका लागि आधारभूत सेवा पुर्‍याउनु होला : मन्त्री यादव

अ+ अ-

बरियापुर । खानेपानीमन्त्री प्रदीप यादवले पञ्चवर्षीय गढीमाई मेलामा आउने श्रद्धालु भक्तजनहरूलाई चौबिसै घण्टा शुद्ध एवं स्वच्छ खानेपानीसहित आधारभूत सेवा उपलब्ध गराउन निर्देशन दिएका छन् ।

पञ्चवर्षीय गढीमाई मेला बरियापुरमा आएका भक्तजनको सहजताका लागि खानेपानी संस्थान बारा कलैया शाखाद्वारा आज शुद्ध खानेपानी वितरणका लागि निर्माण गरिएका पानीट्यांकीको उद्घाटन गर्दै मन्त्री यादवले त्यस्तो निर्देशन दिएका हुन् ।

मन्त्री यादवले भने, “गढीमाई मेलामा लाखौँ श्रद्धालु भक्तजनहरू आउने भएकाले शुद्ध एवं स्वच्छ खानेपानी चौबिसै घण्टा वितरण गर्नुहोला, खानेपानी पाइन भन्ने भक्तजनको गुनासो सुन्न नपरोस्, उहाँहरू सेवाबाट वञ्चित हुनुहुँदैन ।”

खानेपानी संस्थान बारा कलैया शाखाले गढीमाई मेलामा आउने भक्तजनहरूका लागि भन्दै दुई/दुई हजार लिटरका सातवटा शुद्ध खानेपानीका ट्यांकीहरू सात ठाउँमा राखी पानी वितरण कार्य सुरु गरेको सो शाखाका प्रमुख सञ्जीवकुमार यादवले जानकारी दिए । उनले भने, “हामीले सात ठाउँमा दुई/दुई हजार लिटरका सातवटा शुद्ध खानेपानीका ट्यांकीहरू राखेका छौँ, भक्तजनहरूलाई चौबिसै घण्टा पानी वितरण गर्नका लागि टोलीसमेत खटाइएको छ ।”

पानी वितरणका लागि आज निर्माण गरिएका खानेपानीका ट्यांकीहरूबाट मेला अवधिभर शुद्ध एवं स्वच्छ खानेपानी वितरण गरिने खानेपानी संस्थान बारा कलैया शाखाले जनाएको छ । संस्थानका अनुसार खानेपानी वितरण एवं अनुगमनका लागि संस्थान प्रमुखसहित तीनजना कर्मचारी दैनिक रूपमा खटिने भएका छन् ।

प्रतिक्रिया दिनुहोस