काठमाडौँ । लोक सेवा आयोगले विभिन्न विज्ञापनमार्फत खुलेका पदहरूको लागि दरखास्त दिएका उम्मेदवारहरूको स्वीकृत नामावली सार्वजनिक गरेको छ। आयोगले विज्ञापन नम्बर, सेवा, समूह, उपसमूह, श्रेणी/तह र पदको विवरणसहित नामावली प्रकाशन गरेको हो।
प्रशासन सेवाको सहसचिव वा सो सरह पदका लागि विज्ञापन नम्बर १६६६५/०८१-०८२ (आ.प्र.) अन्तर्गत २५४ जना उम्मेदवारको नामावली सार्वजनिक गरिएको छ।
सूची :
परराष्ट्र सेवाको सहसचिव वा सो सरह पदका लागि विज्ञापन नम्बर १६६५४/०८१–०८२ (आ.प्र.)अन्तर्गत १६ जना उम्मेदवारको नामावली प्रकाशित गरिएको छ।
सूची :
तेस्रो सूचनाअन्तर्गत, कानुन, न्याय सरकारी वकिल समूहको सहसचिव वा सो सरह पदका लागि विज्ञापन नम्बर १६६५१–१६६५३/०८१–०८२ (आ.प्र.) अन्तर्गत ६३ जना उम्मेदवारको नामावली प्रकाशित गरिएको छ।
सूची :
चौथो सूचनाअन्तर्गत, संघीय संसद्का लागि विज्ञापन नम्बर १६६५६/०८१–०८२ (आ.प्र.)अन्तर्गत सहसचिव वा सो सरह पदका लागि १६ जनाको दरखास्त स्वीकृत भएको छ।
सूची :