Logo ४ माघ २०८१, शुक्रबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे   crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

राज्यले रवि लामिछानेसँग प्रतिशोध साँध्यो : डा. बाबुराम भट्टराई


२१ मंसिर २०८१, शुक्रबार


काठमाडौँ । नेपाल समाजवादी पार्टी (नेसपा) का अध्यक्ष डा. बाबुराम भट्टराईले रास्वपा सभापति रवि लामिछानेसँग भेट गरेका छन् ।

जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा पुगेर लामिछानेलाई भेट गरेपछि उनले राज्यबाट एकपछि अर्को ढंगमा रविमाथि दुःख दिने काम भइरहेको बताएका छन् । साथै, उनले राज्यबाट अस्वभाविक र अन्यायपूर्ण काम भएको भन्दै रास्वपाको आन्दोलनमा ऐक्यबद्धता पनि जनाए ।

‘जुन राजनीतिक शक्तिहरू उदय भइराखेको छ, तीमध्येको एउटा सशक्त धार गठन गर्ने व्यक्तिको रूपमा म उहाँलाई बुझ्छु । त्यसैले उहाँप्रति मेरो सधैँ सद्भाव पनि छ,’ रविलाई भेटेपछि सञ्चारकर्मीसँग भट्टराईले भने, ‘अहिले उहाँलाई विभिन्न ढंगले एकपछि अर्को गरेर दुःख दिने काम भइरहेको छ, यो अस्वभाविक र अन्यायपूर्ण भयो भनेर आफ्नो ऐक्यबद्धता दिन म यहाँ आएको हो । यो अलिकति प्रतिशोधपूर्ण भएको छ भन्ने मलाई लागेको छ ।’

त्यस्तै, उनले सहकारी समस्या समाधान नहुँदा पचासौँ लाख साना बचतकर्ताहरू मर्कामा परेको भन्दै त्यसको समाधानका लागि लाग्नुपर्ने बताए ।

‘सहकारीसम्बन्धी समस्या जुन छ, त्यसको जरो धेरै फैलिएको छ । जसले ३० वर्षदेखि पालैपालो सत्तामा बसेका नेताहरू जो सत्तामा बसिरहेका छन्, तीनकै वरिपरिबाट अपचलन भइराखेको छ । त्यहाँनेर समस्या समाधान नगर्ने हो भने पचासौँ लाख साना बचतकर्ताहरू मर्कामा परेका छन्,’ उनले भने, ‘तीनको समाधान हुनुपर्‍यो । अहिले यो कुरालाई अल्झाइराख्ने र त्यो विषयान्तर गर्ने विषय होइन । कानुनले आफ्नो बाटो लियोस् । कानुन मान्न पर्छ ।’

राजनीतिक प्रतिशोध पनि हुने र सहकारी पीडितको समस्या समाधान पनि नहुने हुँदा देश बर्बादीतिर जान लागेको शंका उनले व्यक्त गरे ।

‘त्यसको बाहनामा एकातिर राजनीतिक प्रतिशोध हुने, अर्कोतिर सहकारी पीडितको समस्या समाधान नहुने । यसो हुँदा जुन टाउकाहरू हुन् तीनले आफ्ना प्रतिस्पर्धीलाई पनि तर्साउने र देशलाई बर्बादीतिर लान्छन् कि भन्ने हो,’ भट्टराईले भने ।

भेटका क्रममा सभापति लामिछानेले आफूमाथि राजनीतिक प्रतिशोध साँधिएको र उक्त सन्देश बाहिर लैजान आफूलाई आग्रह गरेको भट्टराईले बताए ।

‘उहाँ (रवि) ले म माथि राजनीतिक प्रतिशोध हो । मैले सबै गरिरहेको छु, गर्छु भन्नुभयो । यो सन्देश बाहिर पुगोस् भन्नुभएको छ । मैले चाहिँ सधैँ सत्य र न्यायको पक्षमा लडेको मान्छे भएकाले सधैँ लड्छु र बोल्छु भनेको छु,’ उनले भने ।

Tags :
प्रतिक्रिया दिनुहोस