Logo ५ माघ २०८१, शनिबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे   crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

रामपुर नगरक्षेत्रको माटोमा फस्फोरस र पोटासको मात्रा कम


२१ मंसिर २०८१, शुक्रबार


रामपुर (पाल्पा) । यहाँको खेतीयोग्य जमिनमा फस्फोरस र पोटासको मात्रा कम रहेको पाइएको छ । माटोमा फस्फोरस र पोटासको मात्रा कम हुँदा उत्पादकत्व घट्ने कृषि प्राविधिक बताउँछन् । 

रामपुरमा बिहीबार भएको माटो परीक्षण शिविरमा परीक्षण गरिएको अधिकांश माटोमा फस्फोरस र पोटासको मात्रा कम भेटिएपछि किसानलाई माटोको उर्वराशक्ति बढाउन सुझाव दिइएको छ ।

रामपुर नगरपालिकाको आयोजना तथा कृषि ज्ञान केन्द्रको प्राविधिक सहयोगमा भएको शिविरमा नगरका १० वटै वडाबाट नमूनाका रूपमा माटो परीक्षण भएको छ । जाँच गरिएका माटोमध्ये धेरैमा फस्फोरस र पोटासको मात्रा कम पाइएको छ ।

परीक्षणका लागि ल्याइएको ८२ स्थानका माटोका नमूनामध्ये शिविरमा ४० वटाको नमूना परीक्षण गरिएकामा नाइट्रोजनको मात्रा तटस्थ, फस्फोरस र पोटासको मात्रा भने कम देखिएको कृषि ज्ञान केन्द्रका कृषि प्राविधिक रविन बुढाले बताए। 

शिविरमार्फत आफ्नै गाउँठाउँमा माटो परीक्षण गर्न पाउँदा किसानलाई धेरै राहत मिलेको अगुवा किसान दिलबहादुर थापा बताउछन् । उनले बेलाबेलामा आयोजना हुने यस्ता शिविरले आफ्नो खेतबारीको माटोको अवस्था कस्तो छ, उत्पादन घट्न नदिन ध्यान दिनुपर्ने कुराबारे धेरै जानकारी हुने बताए ।

खेतीयोग्य जमिनमा फस्फोरस र पोटासको मात्रा कमी हुँदा उत्पादकत्व घट्ने, माटो बिग्रने हुँदा माटोलाई आवश्यक पर्ने तत्वको मात्रा मिलाएर प्रयोग गर्न किसानलाई सुझाव दिइएको रामपुर नगरपालिका कृषि शाखा प्रमुख नारायणप्रसाद गैरे बताउछन् ।

“रामपुर क्षेत्रका किसानले आफ्नो खेतबारीको माटो परीक्षण गर्न चासो कम देखाउने गरेका छन्, नगरपालिका कार्यालयले पूर्वसूचना जारी गरे पनि परीक्षणका लागि ल्याउने कम छन्, नियमित रूपमा खेतीयोग्य जमिनको माटो परीक्षण गराउने बानी किसानमा अझै बसेको छैन”, उनले भने । 

यसअघि नमूना सङ्कलन गरेर पोखरा तथा बाँकेको खजुरा प्रयोगशालामा लैजानुपर्दा किसानलाई समस्या थियो । जिल्लास्थित हाल कृषि ज्ञान केन्द्रमा माटो परीक्षण व्यवस्था भएको छ ।केन्द्रले जिल्लाका स्थानीय तहसँग समन्वय गरेर बेलाबेलामा शिविरमार्फत माटो परीक्षण गरिरहेको छ । 

Tags :
प्रतिक्रिया दिनुहोस