काठमाडौँ । नेपाल प्रहरीले जवान पदमा नयाँ भर्ना खुल्ला गरेको छ । जनपद प्रहरी समूहतर्फ रिक्त प्रहरी जवान र कार्यालय सहयोगी पदमा भर्ना खुलेको हो ।
प्रहरी जवानमा १ हजार १६५ जना, कार्यालय सहयोगी (भान्छे) पदमा ४७ र कूचीकार पदमा ११ जनाका लागि भर्ना खुलेको हो ।
इच्छुक र योग्यता पुगेका नेपाली नागरिकहरूले मंसिर २७ गतेदेखि माघ ७ गतेसम्म आवेदन दिन सक्नेछन्।