Logo १ माघ २०८१, मंगलबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे   crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

अर्थमन्त्री पौडेलको दाबी : कानुन संशोधन गरेरै भए पनि लगानीको वातावरण बनाउँछौँ


२० मंसिर २०८१, बिहिबार


काठमाडौँ । उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले कानुन संशोधन गरेरै भए पनि सरकारले लगानीको वातावरण बनाउने बताएका छन् ।

भैरहवामा बिहीबार नवौँ लुम्बिनी राष्ट्रिय महोत्सवको उद्घाटन गर्दै अर्थमन्त्री पौडेलले मुलुकको आर्थिक अवस्था पहिलेभन्दा सुध्रिँदै गएको भन्दै व्यवसायीहरूलाई निराश नहुन आग्रह गरे ।

‘निजी क्षेत्रको मनोबल बढ्ने गरी काम गर्न सरकार अग्रसर छ,’ अर्थमन्त्री पौडेलले भने । उनले यही सरकारले अर्थतन्त्रका सम्पूर्ण समस्या समाधान गरी मुलुक चलायमान बनाउने दाबी गरे ।

‘सरकार जसरी हुन्छ निजी क्षेत्रको मनोबल बढ्ने गरी काम गर्न लागेको छ’, उनले भने, ‘उद्योगी व्यापारीका समस्या छन्, मजदुरका समस्या छन्, किशोर किशोरीका समस्या छन् । ती अब समाधान हुन्छन् भन्ने आम नागरिकमा विश्वास हुँदै गएको छ ।’

वर्तमान सरकार बन्ने बेला मुलुकको अवस्था ठिक नभएको तर यो सरकार बनेपछि हरेक कुरा समाधान हुँदै लयमा गइरहेको उनले दाबी गरे ।

अर्थमन्त्री पौडेलले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल राष्ट्रकै गौरव भएकोले यसको सञ्चालनमा शंका नगर्न आग्रह गरे । ‘हालको टर्मिनल भवन निर्माण भए पनि त्यो अपुग रहेको बताउँदै उनले अर्को भवन निर्माण गर्न तयारी भइरहेको बताए ।

‘विमानस्थलमा अरू काम पनि बाँकी छन् । पूर्ण क्षमताको विमानस्थल बनाउन आवश्यक पूर्वाधार निर्माण गर्नेछौँ,’ उनले भने, ‘एकाध समस्या आए पनि त्यसलाई समाधान गर्दै अगाडि बढ्दैछौं । विमानस्थलबारे सरकारले गरेका निर्णयहरू क्रमशः कार्यान्वयन हुँदैछन् । निजी क्षेत्रले गर्ने काम गर्नुपर्छ । विमानस्थल राम्रोसँग चल्छ । हामी चलाएर देखाउँछौँ ।’

अर्थमन्त्री पौडेलले भैरहवालाई अझै पूर्वाधारयुक्त र पर्यटकलाई आकर्षित गर्नुपर्ने बताए । अर्थमन्त्री पौडेलले निर्माणाधीन आयोजना देखाउँदै निराशा छर्ने काम भएको गुनासो गरेका छन् ।

बुटवल-नारायाणगढ सडकमा केही समस्या देखिए पनि त्यसको समाधानका लागि सम्बन्धित देशसँग समन्वय गरिरहेको जनाए । नेकपा एमालेका उपाध्यक्ष समेत रहेका पौडेलले भैरहवालाई अझै पूर्वाधारयुक्त विकसित बनाउने सरकारले लगानी गर्दै जाने बताए ।

लुम्बिनी प्रदेशसभा सदस्य सन्तोषकुमार पाण्डेयले तेस्रो मुलुकका नागरिकलाई मात्रै पर्यटक मान्ने तर भारतीयलाई पर्यटक नमान्ने मानसिकता हटाउनुपर्ने बताएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस