Logo १ माघ २०८१, मंगलबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे   crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

अर्थ समितिमा आएका विधेयकबारे व्यापक छलफल नभए नकारात्मक असर पर्छ : सन्तोष चालिसे


२० मंसिर २०८१, बिहिबार


काठमाडौँ । अर्थ समिति सभापति सन्तोष चालिसेले अर्थ समितिमा आइपुगेका विधेयकबारे व्यापक छलफल भएन भने त्यसले नकारात्मक असर पार्ने बताएका छन् । बिहीबार स्टक ब्रोकर एसोसिएसन अफ नेपालको वार्षिक साधारण सभामा बोल्दै उनले यस्तो बताएका हुन् ।

‘नेपाल धितोपत्र सम्बन्धी विधेयक अर्थ समितिमा आइपुगेको छ । यसमा व्यापक छलफल गर्न जरुरी छ’, कार्यक्रममा बोल्दै उनले भने, ‘अहिले अर्थ समितिमा ५ वटा विधेयक आएर बसेका छन् । यी महत्त्वपूर्ण विधेयकहरू हुन् । यी विधेयकलाई चानचुने हिसाबले पास गरेको खण्डमा त्यसले सकारात्मकभन्दा नकारात्मक दिशा पक्रिन्छ ।’ यी विधेयकहरूमा सम्बन्धित विज्ञहरूसँग व्यापक छलफल गर्न जरुरी रहेको छ ।

ऋण लिएकाहरूले तिर्न नसकिरहेको अवस्था रहेको बताउँदै उनले अगाडी भने, ‘अहिले बैंकहरुमा पैसै-पैसा छ । तर बजार चलायमान छैन । ब्याजदर घटेको घट्नै गर्दा समेत बैंकहरुमा ऋण लिन गएका छैनन् । निर्माणको काम हुन सकेको छैन । घरजग्गाको कारोबार भएको छैन ।’

लामो समयदेखि उद्योगधन्दा चलाइरहेका उद्योगीहरू धरासायी भए, उनीहरू निराश भए भने राज्य अगाडि बढ्न नसक्ने उनको तर्क छ । सुरक्षित कारोबार गर्नका लागि कस्तो भूमिका खेल्नु पर्छ भन्नेमा आफू सधैँ तत्पर रहेको समेत उनले प्रतिबद्धता जनाए ।

Tags :
प्रतिक्रिया दिनुहोस