काठमाडौँ । युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले १०औँ राष्ट्रिय खेलकुद आउँदो फागुन महिनाभित्र नै आयोजना हुने बताएका छन् ।
आइतबार राष्ट्रिय सभाको, सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा उनले यस्तो प्रतिबद्धता व्यक्त गरेका हुन्।
‘कर्णालीमा खेल हुँदैन, कर्णालीमा यो हुँदैन भनेर तपाईँहरूले कहाँ पढ्नुभयो ?’ समितिको बैठकमा मन्त्री चौधरीले प्रश्न गरे ।
उनले अगाडि भने, ‘प्रदेश सरकारले करोड लगानी गरेर रंगशाला बनाएको छ । तपाईँहरू ढुक्क हुनुस्- खेलकुद कर्णालीमै हुन्छ । त्यसमा पनि फागुनमै हुन्छ । म यो विश्वास दिलाउन चाहन्छु ।’