काठमाडौँ । नेपाल खुला विश्वविद्यालय कार्यकारी परिषद् र शिक्षक-कर्मचारी संघर्ष समितिबीच चार बुँदे सहमति भएको विश्वविद्यालयमा लगाइएको ताला खुलेको छ । बिहीबार दुईपक्षबीच चार बुँदे सहमति भएको संघर्ष समितिका संयोजक उपप्राध्यापक भोजराज घिमिरेले बताए ।
विश्वविद्यालयका शिक्षक कर्मचारीको श्रम ऐन तथा श्रम नियमावली अनुसार सेवा सुविधा प्रदान गर्न कार्यविधि बनाउन समिति गठन गर्ने सहमति भएको उनले बताए ।
खुला विश्वविद्यालयमा हालसम्म एक जना पनि स्थायी शिक्षक कर्मचारी छैनन् । ०७५ मा विज्ञापन खोलेर लिखित, प्रयोगात्मक र मौखिक तीन वटै प्रक्रिया पूरा गरेर करारमा नियुक्ति गरिएको थियो ।
तर, स्थायीको प्रक्रिया अहिलेसम्म अगाडि बढेको थिएन । सामाजिक सुरक्षा, पेन्सन उपदान र बिमाबाट पनि वञ्चित भएको उपप्राध्यापक भोजराज घिमिरेले बताए ।