२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कर्णाली डेभलपमेन्ट बैंकको शेयर मूल्यमा गिरावट

अ+ अ-

काठमाडौँ । कर्णाली डेभलपमेन्ट बैंकको शेयर मूल्यमा गिरावट आएको छ । बुधबार १० प्रतिशतले बढेको यस कम्पनीको शेयरमूल्य बिहीबार ६.८४ प्रतिशतले घटेको हो ।

नेप्सेका अनुसार आज यस बैंकको शेयर प्रतिकित्ता ७८८ रुपैयाँमा झरेको छ । जबकी बुधबार यस बैंकको शेयरमूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता ८४५ रुपैयाँ ९० पैसामा पुगेको थियो । बुधबार यस कम्पनीको २० करोड १३ लाख रुपैयाँ बराबरको कारोबार भएको यस बैंकको शेयर आज ११ करोड ४६ लाखको भएको छ ।

यस बैंकलाई नेपाल राष्ट्र बैंकले मंगलबार समस्याग्रस्त घोषणा गरेको थियो । समस्याग्रस्त घोषणा भएको भोलिपल्ट यस बैंकको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको थियो ।

राष्ट्र बैंकले गरेको कर्णाली डेभलपमेन्ट बैंकको निरीक्षणमा बैंक समस्यामा रहेको पाइएको छ । यस बैंकको कर्जा नोक्सानी व्यवस्थामा सुपरिवेक्षकीय समायोजन तोकेबमोजिमको न्यूनतम पुँजीकोष अनुपात कायम नभएको पाइएको छ । यस बैंकको निष्क्रिय कर्जा (एनपीएल)अनुपात ४०.८५ प्रतिशत रहेको छ ।

बैंक समस्यामा रहेकाले निक्षेपकर्ता र सर्वसाधारणको हित संरक्षण गर्ने भन्दै राष्ट्र बैंकले कारबाही गरेको छ । यस बैंकमाथि थप निक्षेप संकलन गर्न, नयाँ निक्षेप खाता खोल्न र थप कर्जा प्रवाह गर्न रोक लगाइएको छ ।

प्रतिक्रिया दिनुहोस